मेसी भित्र्याउन म्यानचेस्टर सिटी प्रयासरत
काठमाडौं। इङलिस प्रिमियर लिगको महारथी म्यानचेस्टर युनाइटेडले बार्सिलोनाका अर्जेन्टिनी सुपरस्टार लियोनेल मेसीलाई भित्र्याउने प्रयास गरिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

बार्सिलोनाका लागि २०१९/२० को सिजन उपाधिरहित भएपछि ३३ वर्षे मेसी क्याम्प नोउको लामो बसाई अन्त्य गर्ने योजनामा रहेको चर्चा चलिरहेको छ।

लामो समयदेखि स्पेन तथा युरोपेली फुटबलमा दबदबा मच्चाइरहेको बार्सिलोनाका लागि बितेको सिजन निक्कै निराशाजनक भएको थियो।

त्यही कारण क्लबले टोली पूर्नसंरचना गर्ने योजना बनाएको छ। क्लबको नयाँ योजनामा पनि मेसी छन्। तर, अर्का फरवार्ड लुइस स्वारेज भने नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानको योजनामा नरहेको बताइएको छ।

सिटीले युइएफएको फाइनान्सियल फेयर प्ले नियम बाधक नबने मेसी भित्रयाउने योजना बनाएको छ। त्यसका लागि टोलीले प्रयास गरिहेको इएसपिएनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्