रोनाल्डिन्हो पाँच महिनापछि रिहा
काठमाडौं। पाराग्वेमा घरमै नजरबन्दमा रहेका बार्सिलोना तथा ब्राजिलका पूर्व स्टार रोनाल्डिन्हो पाँच महिनापछि रिहा भएका छन्।

नक्कली पासपोर्ट बोकेर पाराग्वे प्रवेश गर्न लागेको अभियोगमा मार्चमा भाई रोबर्टो एसिससँगै विमानस्थलबाटै पक्राउ परेका रोनाल्डिन्हो नेपाली समयअनुसार आज विहान रिहा भएका हुन्।

ब्राजिलले २००२ को विश्वकप जित्दाका मुख्य खेलाडी रोनाल्डिन्हो र उनका भाईलाई विमानस्थलमा पक्राउ गरेपछि सोझै जेल चलान गरिएको थियो। ३२ दिन जेलमा बसेपछि उनीहरुलाई आफ्नै खर्चमा पाराग्वेकै एक होटलमा नजरबन्दमा बस्ने सुविधा दिइएको थियो।

नजरबन्दबाट मुक्त भए पनि थप सजायस्वरुप रोनाल्डिन्होले ९० हजार र उनका भाईले १ लाख १० हजार डलर जरिबाना भनभे तिर्नुपर्नेछ।

ब्राजिली राष्ट्रिय टोलीका लागि १९९९ देखि २०१३ को बीचमा रोनाल्डिन्होले ९७ अन्तर्राष्ट्रिय खेल खेल्दै ३३ गोल गरेका थिए।

२००५ मा बालन डी अर उपाधि जितेका रोनाल्डिन्होले व्यावसायिक फुटबलमा बार्सिलोनाका साथै पेरिस सेन्ट जर्मन र एसी मिलानबाट पनि खेलेका थिए।

प्रतिक्रिया दिनुहोस्