काठमाडौं। कोरोना भाइरसको महामारीका कारण नेपाल क्रिकेट संघको यसै महीना हुने तय भएको वार्षिक साधारणसभा अनिश्चितकालका लागि स्थगित गरिएको छ।
क्रिकेट संघले यही भदौको मध्यसम्ममा वार्षिक साधारणसभा गर्ने निर्णय गरेको थियो। तर, कोरोना भाइरसको महामारीका कारण देशका अधिकांस स्थानहरूमा निषेधाज्ञा जारी गरिएकाले साधारणसभा सार्नुपरेको संघका महासचिव अशोकनाथ प्याकुर्यालले जानकारी गराएका छन्।
सरकारी हस्तक्षेपका कारण झण्डै चार वर्ष अन्तर्राष्ट्रय क्रिकेट महासंघ (आईसीसी)बाट निलम्बनमा रहेको नेपाल क्रिकेट संघले गत वर्ष भदौमा आईसीसीकै रोडम्यापअनुसार निर्वाचन गरेको थियो। त्यही निर्वाचनपछि संघमाथिको निलम्बन आईसीसीले क्रमश: खुकुलो पार्दै लगेको छ।
गत वर्षको निर्वाचतबाट चतुरबहादुर चन्द अध्यक्ष तथा प्याकुर्याल महासचिव रहेको कार्यसमिति चुनिएको थियो। आईसीसीको निलम्बन पूर्ण रूपमा फुकुवा नहुनु तथा नेतृत्वमा आएको केही समयपछि नै कोरोना भाइरसको महामारीको प्रभावमा परेका कारण निर्वाचनबाट चुनिए पनि चन्द नेतृत्वको कार्यसमितिले खासै काम गर्न सकेको छैन।
" /> काठमाडौं। कोरोना भाइरसको महामारीका कारण नेपाल क्रिकेट संघको यसै महीना हुने तय भएको वार्षिक साधारणसभा अनिश्चितकालका लागि स्थगित गरिएको छ।क्रिकेट संघले यही भदौको मध्यसम्ममा वार्षिक साधारणसभा गर्ने निर्णय गरेको थियो। तर, कोरोना भाइरसको महामारीका कारण देशका अधिकांस स्थानहरूमा निषेधाज्ञा जारी गरिएकाले साधारणसभा सार्नुपरेको संघका महासचिव अशोकनाथ प्याकुर्यालले जानकारी गराएका छन्।

">