काठमाडौं। पेरिस सेन्ट जर्मन (पीएसजी) का भेट्रान ब्राजिली रक्षक थियागो सिल्भाले सम्भावित सरुवाका लागि इटालियन सिरी ‘ए’को टोली फियोरेन्टिनासँग कुरा भए पनि सम्झौता भइनसकेको प्रष्ट पारेका छन्। च्याम्पियन्स लिगको फाइनलमा बायर्न म्युनिखसँग १–० ले पराजित भएसँगै ३५ वर्षे सिल्भाले पीएसजीसँगको सहकार्यमा पूर्णविराम लगाएका थिए।
पीएसजीबाट स्वतन्त्र भएपछि थुप्रै क्लबसँग छलफलमा रहेका सिल्भा र चेल्सीसँग पनि सरुवाको विषयमा कुराकानी भइसकेको छ। चेल्सीले उनका लागि एक वर्षको सम्झौता गर्ने प्रस्ताव राखेको बताइएको छ।
“मेरो एजेन्टले थुप्रै क्लबहरुसँग कुरा गरिरहेका छन्। फियोरेन्टिनासँग पनि कुरा चलिरहेको छ। तर अहिलेसम्म कुनै पनि क्लबसँग सम्झौता भएको छैन,” सिल्भाले भने, “आउँदो केही दिनमा परिवारसँग सल्लाह गरेर म उचित गन्तब्यको निर्णय लिनेछु।”
कतारमा दुई वर्षपछि हुने भनिएको विश्वकपमा ब्राजिलको कप्तानी गर्ने लक्ष्यमा रहेका सिल्भाले अझै तीन/चार वर्ष शीर्ष स्तरमा खेल्न चाहेको बताएका छन्।
आइतबार राति लिस्बनमा सम्पन्न बायर्न विरुद्धको खेलमा सिल्भाको प्रदर्शन तथ्यांकमा टिमका अरु सबै खेलाडीभन्दा राम्रो देखिएको थियो।उनले सबै सहयात्रीभन्दा बढL पटक बल क्लियर (६) गरेका थिए। यसैगरी उनले खेलेको ४७ पास तथा ३८ सफल पास पनि पीएसजीका अन्य खेलाडीको भन्दा बढी हो।