काठमाडौं। बायर्न म्युनिखबाट च्याम्पियन्स लिगको उपाधि जितेपछि इभान पेरिसिचले इन्टर मिलानसँगको सम्झौतामा पुनर्विचार गर्न सकिने बताएका छन्।
क्रोएसियाका अन्तर्राष्ट्रिय मिडफिल्डर पेरिसिच इन्टर मिलानबाट एक सिजनका लागि लोनमा बायर्न पुगेका थिए। यस अवधिमा उनले जर्मन महारथीबाट डिएफएल पोकाल (जर्मन कप)का साथै जर्मन बुन्डेसलिगाको उपाधि जितेपछि युरोपेली क्लब फुटबलको सबभन्दा ठूलो प्रतियोगिता च्याम्पियन्स लिग जितेका थिए।
क्वार्टरफाइनलमा बार्सिलोना तथा सेमिफाइनलमा लियोनमाथि जित हासिल गर्दा पेरिसिच बायर्नको टोलीमा पहिलो रोजाइमा थिए। बार्सिलोनामाथि ८-२ को फराकिलो जित हासिल गर्दा उनले गोल पनि गरेका थिए। तर लिस्बनमा पेरिस सेन्ट जर्मन (पीएसजी)विरुद्ध आइतबार राति सम्पन्न फाइनलमा भने प्रशिक्षक हान्सी फ्लिकले उनलाई बेन्चमा राखेका थिए।
पेरिसिचको सट्टा पहिलो रोजाइमा खेल्ने मौका पाएका किङ्स्ले कोम्यानको एकमात्र गोलमा पीएसजीलाई निराश पार्दै बायर्नले उपाधिमा कब्जा जमाएको थियो। पेरिसिचले दोस्रो हाफमा बैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका थिए।
२०१५ मा इन्टर मिलानसँग अनुबन्धित भएका पेरिसिचले इटालियन सिरी ‘ए’ को टोलीबाट यस्तो सफलतामा रमाउने मौका नपाएको बताए।
“मैले इन्टरबाट यस्तो सफलता पाउन सकिनँ, त्यो मेरा लागि दुःखको कुरा हो। तर अहिले बायर्नबाट तेहोरो उपाधि जितेको छु, खुसी लागेको छ,” बायर्न बसाई लम्बाउने सम्भावनामा पेरिसिचले भने, “इन्टरसँग मेरो सम्झौताको अझै दुई वर्ष बाँकी छ। क्लबसँग कुरा भएपछि मात्र सबथोक बताउन सकिन्छ। तर म तयार छु।”
" /> काठमाडौं। बायर्न म्युनिखबाट च्याम्पियन्स लिगको उपाधि जितेपछि इभान पेरिसिचले इन्टर मिलानसँगको सम्झौतामा पुनर्विचार गर्न सकिने बताएका छन्।क्रोएसियाका अन्तर्राष्ट्रिय मिडफिल्डर पेरिसिच इन्टर मिलानबाट एक सिजनका लागि लोनमा बायर्न पुगेका थिए। यस अवधिमा उनले जर्मन महारथीबाट डिएफएल पोकाल (जर्मन कप)का साथै जर्मन बुन्डेसलिगाको उपाधि जितेपछि युरोपेली क्लब फुटबलको सबभन्दा ठूलो प्रतियोगिता च्याम्पियन्स लिग जितेका थिए।

">