काठमाडौं। पेरिस सेन्ट जर्मेन (पीएसजी) का प्रशिक्षक थोमस टुचेलले लियोनल मेस्सीलाई क्लबमा स्वागत गर्न तयार रहेको बताएका छन्। तथापि, उनले मेस्सी बार्सिलोनामै बस्ने अपेक्षा गरेका छन्। टुचेलको पीएसजी गएराति च्याम्पियन्स लिगको फाइनलमा जर्मन क्लब बायर्न म्युनिखसँग १-० ले पराजित भएको थियो।
मेस्सी पीएसजी जाने सम्भावनाबारे सोधिएको प्रश्नमा टुचेलले भने, ‘‘कुन प्रशिक्षकले मेस्सी आफ्नो टीममा होस् भन्ने चाहदैन? तर, मलाई लाग्छ मेस्सीले बार्सिलोनाबाटै आफ्नो करिअरको अन्त्य गर्नेछन्। उनी मिस्टर बार्सिलोना हुन्।’’
३३ वर्षे मेस्सीले कहिल्यै नोउ क्याम्प नछाड्नेमा टुचेल विश्वस्त छन्। स्पेनिस महारथी बार्सिलोनाले च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा बायर्नसँग ८–२ को लज्जास्पद हारसँगै सिजनको अन्त्य गरेको थियो। सिजनको अन्त्यसँगै मेस्सीले क्लब छाड्न चाहेको समाचार बाहिरिएको थियो। मेस्सीले बार्सिलोनाबाट ७३१ खेलमा ६३४ गोल गरिसकेका छन्।
उनले बार्सिलोनाका लागि चार च्याम्पियन्स लिग तथा १० ला लिगाको उपाधि उचालिसकेका छन्। उनले ६ पटक बालोन डी’अर अवार्ड जितिसकेका छन्। विश्व फुटबलमा मेस्सीलाई अनुबन्ध गर्न सक्ने आर्थिक रूपले सक्षम क्लबमध्ये पीएसजी एक हो। मेस्सीका लागि ७० करोड युरो ‘बाइआउट क्लज’ राखिएको बताइएको छ।
‘‘अहिलेसम्म खेलाडी अनुबन्धबारे सोचेका छैनौं,’’ टुचेलले भने, ‘‘केही दिनमा सबैसँगै बसेर छलफल गर्नेछौं। टीमलाई मजबुद बनाउन गर्नुपर्ने धेरै छ।’’ पीएसजीले पछिल्लो आठ सिजनमा सातपटक फ्रेन्च लिग वानको उपाधि जितेको छ। तर, युरोपियन प्रतियोगितामा भने क्लबले सोचेजस्तो सफलता हासिल गर्न सकेको छैन।
२०११ मा कतारी धनाड्यले क्लबको स्वामित्व लिएपछि पीएसजीले क्वार्टरफाइनलभन्दा अगाडीको यात्रा तय गर्न सकेको थिएन। तर, यसपटक भने पीएसजीले फाइनल खेलेको थियो। पीएसजीले नेइमार र केलियन एमबाप्पेका लागि ४० करोड २० लाख युरो खर्च गरेको थियो।
यस समर ट्रान्सफर विन्डोबारे टुचेलले भने, ‘‘यसपटक हामीले धेरै खेलाडी गुमाउने छौं। त्यसमा थियागो सिल्भा र इरिक माक्सिम चोउपो मोटिङ पनि क्लब छाड्नेछन्। टीमलाई राम्रो बनाउन यो ट्रान्सफर विन्डोलाई सदुपयोग गर्नुपर्छ। हामी बलियो टीम बनाउन चाहन्छौं।’’
पीएसजीले शनिबारबाट नयाँ सिजनको शुरूआत गर्दैछ। फ्रेन्च लिग गत शुक्रबारबाटै शुरू भइसकेको छ। कोभिड-१९ का कारण अघिल्लो सिजन बीचमै सकिएको थियो।
" /> काठमाडौं। पेरिस सेन्ट जर्मेन (पीएसजी) का प्रशिक्षक थोमस टुचेलले लियोनल मेस्सीलाई क्लबमा स्वागत गर्न तयार रहेको बताएका छन्। तथापि, उनले मेस्सी बार्सिलोनामै बस्ने अपेक्षा गरेका छन्। टुचेलको पीएसजी गएराति च्याम्पियन्स लिगको फाइनलमा जर्मन क्लब बायर्न म्युनिखसँग १-० ले पराजित भएको थियो।मेस्सी पीएसजी जाने सम्भावनाबारे सोधिएको प्रश्नमा टुचेलले भने, ‘‘कुन प्रशिक्षकले मेस्सी आफ्नो टीममा होस् भन्ने चाहदैन? तर, मलाई लाग्छ मेस्सीले बार्सिलोनाबाटै आफ्नो करिअरको अन्त्य गर्नेछन्। उनी मिस्टर बार्सिलोना हुन्।’’

">