काठमाडौं। इङ्ल्यान्डका तीब्र गतिका बलर जेम्स एन्डरसनले ५६ रन दिएर पाँच विकेट लिएपछि तेस्रो टेष्टमा पाकिस्तानले पहिलो इनिङमा २७३ रन बनाउँदा सबै विकेट गुमाएको छ। भ्रमणकारी पाकिस्तानका कप्तान अजहर अली १४१ रनमा अविजित रहे पनि पाकिस्तानलाई फलोअनबाट जोगाउन सकेनन्। ज्याक क्राउलीको २६७ रनप्रेरित इङ्ल्यान्डले ५८३–८ को स्थितिमा पहिलो इनिङ समाप्तिको घोषणा गरेको थियो।
तेस्रो दिन सकिँदा पाकिस्तान फलोअनको स्थितिमा पुगेको हो। पाकिस्तानले २४–३ को स्थितिबाट तेस्रो दिन थाल्दा अजहर चार रनको स्थितिमा थिए। अजहरले अविजित १४१ रन बनाउनुबाहेक मोहम्मद रिजवानले ५३, फवाद आलमले २१ र यासिर शाहले २० रन बनाए। अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। अजहरले टेष्ट क्रिकेटमा ६ हजार रन पुरा गरे। उनले यो १७औं टेष्ट शतक हो।
पाँच विकेट लिएका एन्डरसन टेष्ट क्रिकेटमा ६०० विकेट नजिक पुगेको छन्। एन्डरसनले ५९८ विकेट लिइसकेका छन्। टेष्ट क्रिकेटमा एन्डरसन धेरै विकेट लिने खेलाडीको सुचीमा चौंथो नम्बरमा छन्। एन्डरसनभन्दा अगाडी मुथैया मुरलीधरण (८००), शेन वार्न (७०८) र अनिल कुम्बले (६१९) छन्।
एन्डरसनबाहेक स्टुवार्ट ब्रोडले दुई तथा क्रिस वक्स र डम बेसले एक/एक विकेट लिए। पहिलो इनिङमा पाकिस्तान ३१० ले पछाडी छ। यससँगै पाकिस्तानलाई तीन खेलको शृंखला बराबरी गर्न धेरै कठिन देखिन्छ। पाकिस्तान पहिलो टेष्टमा तीन विकेटले पराजित भएको थियो भने दोस्रो टेष्ट बराबरीमा सकिएको थियो। त्यसैले पाकिस्तानलाई शृंखला नगुमाउन कम्तिमा अन्तिम तथा तेस्रो टेष्ट जित्नुपर्ने दबाब थियो। तर, पाकिस्तानको सम्भावना कमजोर बनेको छ।
" /> काठमाडौं। इङ्ल्यान्डका तीब्र गतिका बलर जेम्स एन्डरसनले ५६ रन दिएर पाँच विकेट लिएपछि तेस्रो टेष्टमा पाकिस्तानले पहिलो इनिङमा २७३ रन बनाउँदा सबै विकेट गुमाएको छ। भ्रमणकारी पाकिस्तानका कप्तान अजहर अली १४१ रनमा अविजित रहे पनि पाकिस्तानलाई फलोअनबाट जोगाउन सकेनन्। ज्याक क्राउलीको २६७ रनप्रेरित इङ्ल्यान्डले ५८३–८ को स्थितिमा पहिलो इनिङ समाप्तिको घोषणा गरेको थियो।तेस्रो दिन सकिँदा पाकिस्तान फलोअनको स्थितिमा पुगेको हो। पाकिस्तानले २४–३ को स्थितिबाट तेस्रो दिन थाल्दा अजहर चार रनको स्थितिमा थिए। अजहरले अविजित १४१ रन बनाउनुबाहेक मोहम्मद रिजवानले ५३, फवाद आलमले २१ र यासिर शाहले २० रन बनाए। अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। अजहरले टेष्ट क्रिकेटमा ६ हजार रन पुरा गरे। उनले यो १७औं टेष्ट शतक हो।

">