काठमाडौं। न गोल गरे। न कीर्तिमान बन्यो। तर पोल्यान्डका फरवार्ड रोबर्ट लेवनडोवस्कीले पहिलोपटक च्याम्पियन्स लिगको उपाधि भने उचाले।
लेवनडोवस्कीको क्लब बायर्नले गएराति पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई १-० ले पराजित गर्दै च्याम्पियन्स लिगको उपाधि जितेको हो।
बायर्नको लागि यो छैटौं च्याम्पियन्स लिग उपाधि हो। २०१३ पछि पहिलोपटक जित्न सफल भएको हो। लेवनडोवस्कीले पछिल्लो पटक च्याम्पियन्स लिगको फाइनल खेलेको पनि त्यतिबेला नै हो। तर, त्यतिबेला उनी बोरुसिया डर्टमन्डमा थिए। डर्टमन्डबाट बायर्नमा अनुबन्ध भएपछि लेवनडोवस्की चार पटक सेमिफाइनलबाट बाहिरिएका थिए।

‘‘असफल हुदैमा सपना देख्न छोड्नु हुदैन। हरेस खानु हुदैन। लक्ष्य प्राप्तीका लागि कडा मिहिनेत गर्नुपर्छ,’’ ट्रफी अगाडी राखेर पोल्यान्डको झन्डा बोकेको फोटोसहित ३२ वर्षे फरवार्ड लेवनडोवस्कीले ट्वीट गरेका छन्।
किङ्सले कोम्यानले ५९औं मिनेटमा हेडमार्फत गरेको गोल बायर्नलाई छैटौं पटक च्याम्पियन बनाउन पर्याप्त भयो। यससँगै बायर्न च्याम्पियन्स लिगको ११ खेल नै जित्ने पहिलो टीम बन्यो।
लेवनडोवस्कीले जारी सिजन च्याम्पियन्स लिगमा पहिलोपटक गोल गर्न असफल रहे। यसअघि उनले १० खेलमा १५ गोल गरेका थिए। उनी क्रिष्टियानो रोनाल्डोले २०१३/१४ मा बनाएको कीर्तिमानबाट दुई गोलले मात्र पछाडी रहे। रोनाल्डोले उक्त सिजन १७ गोल गरेका थिए।
लेवनडोवस्कीले बायर्नबाट च्याम्पियन्स लिगमा ५० गोल गरिसकेका छन् भने समग्रमा ६८ गोल गरेका छन्। उनीभन्दा धेरै गोल गर्नेमा रोनाल्डो (१३०), लियोनल मेसी (११५) र राउल गोन्जालेज (७१) मात्र छन्।
खेल सकिएको अन्तिम सिटी बजेपछि बायर्नका खेलाडीले जर्सी परिवर्तन गरे। नयाँ टिसर्टमा लेखिएको थियो, ‘च्याम्पियन अफ यूरोप’ अर्थात यूरोपको विजेता।
बायर्नले बिनादर्शकको रंगशालामा उपाधिको खुशी मनाएको थियो। बेनफिकाको रंगशालामा सयको संख्यामा केही दर्शकलाई प्रवेश गर्न दिइएको थियो।

कतारका धनाढ्हरूले १ अर्ब अमेरिकी डलर लगानी गरेको पीएसजी उपाधि नजिक पुगेर बञ्चित भयो। नेइमार, केलियन एमबाप्पे र एन्जेल डी मारियालाई मात्र पीएसजीले ५० करोड अमेरिकी डलर खर्च गरेको छ। पहिलोपटक च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाउन सफल भए पनि उपाधि उचाल्न भने सफल भएन।
बायर्नले भने यस सिजन तीन उपाधि जितेर सिजनको अन्त्य गर्यो। बायर्नले घरेलु प्रतियोगितामा जर्मन बुन्डेसलिगा र जर्मन कपको उपाधि जितेको थियो।
" /> काठमाडौं। न गोल गरे। न कीर्तिमान बन्यो। तर पोल्यान्डका फरवार्ड रोबर्ट लेवनडोवस्कीले पहिलोपटक च्याम्पियन्स लिगको उपाधि भने उचाले।लेवनडोवस्कीको क्लब बायर्नले गएराति पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई १-० ले पराजित गर्दै च्याम्पियन्स लिगको उपाधि जितेको हो।

">