काठमाडौं। ज्याक क्राउली २६७ रन बनाउनुका साथै जोस बट्लरसँग कीर्तिमानी साझेदारी गरेपछि पाकिस्तानविरुद्धको तेस्रो टेष्टमा इङ्ल्यान्ड मजबुद स्थितिमा पुगेको छ।
बेन स्टोक्स पारिवारिक कारण उपलब्ध नभएपछि क्राउली टीममा समेटिएका थिए। तर, अब क्राउली तीन नम्बर ब्याट्सम्यानका रुपमा निरन्तर टीममा स्थान बनाउने सम्भावना बढेको छ।
२२ वर्षे क्राउलीले २६७ रन बनाउनेक्रममा ३९३ बल खेले। यससँगै उनी धेरै इङ्ल्यान्डबाट धेरै रन बनाउने खेलाडीको सुचीमा दशौं नम्बरमा अटाउन सफल भएका छन्।
आठौं टेष्ट खेलिरहेका क्राउलीले बट्लरसँग पाँचौं विकेटका लागि ३५९ रनको कीर्तिमानी साझेदारी गरे। इङ्ल्यान्डका ब्याट्सम्यानले टेष्टमा पाँचौं विकेटका लागि गरेको यो सबभन्दा ठूलो साझेदारी हो। साथै समग्रमा छैटौं ठूलो साझेदारी हो।
बट्लरले १५२ रन बनाए। इङ्ल्यान्डले ३३२-४ को स्थितिबाट दोस्रो दिनको शुरूआत गर्दा क्राउली १७१ र बट्लर ८७ रनको स्थितिमा थिए।
‘‘इङ्ल्यान्डले तीन नम्बरका लागि धेरै राम्रो व्याट्सम्यान पाएको छ,’’ क्राउलीको प्रशंसा गर्दै भारतका पूर्व कप्तान शौरभ गांगुलीले भने, ‘‘उनी ‘क्लास’ खेलाडी हुन्। आशा गरौं सबै स्वरुपको क्रिकेटमा उनले निरन्तर टीममा स्थान बनाउने छन्।’’
इङ्ल्यान्डका कप्तान जो रुटले ५८३-८ को स्थितिमा पहिलो इनिङ समाप्तिको घोषणा गरेका थिए। जुन पछिल्लो चार वर्षमा बनाएको सबभन्दा उच्च स्कोर थियो। घरेलु टीमका लागि दोस्रो दिन क्रिस वक्सले ४०, डम बेसले अविजित २७ तथा स्टुवार्ट ब्रोडले १५ रन बनाए।
क्राउलेलाई असद सफिकले पवेलियनको बाटो देखाएका थिए भने बट्लरलाई फवाद अलामले ‘कट एन्ड बोल्ड’ गरेका थिए। फवादले वक्सलाई पनि आउट गरेका थिए। ब्रोडलाई शाहीन शाह अफ्रिदीले बोल्ड गरेका थिए।
त्यसपछि ब्याटिङ थालेको पाकिस्तानले दोस्रो दिन सकिँदा तीन विकेट गुमाइसकेको छ। भ्रमणकारी पाकिस्तान २४-३ को स्थितिमा छ। तीनै विकेट जेम्स एन्डेरसनले लिएका थिए।
तीन खेलको टेष्ट शृंखलामा इङ्ल्यान्ड १-० ले अगाडी छ। पहिलो टेष्ट इङ्ल्यान्डले तीन विकेटले जितेको थियो भने दोस्रो टेष्ट वर्षाले प्रभावित भएपछि बराबरीमा सकिएको थियो।
" /> काठमाडौं। ज्याक क्राउली २६७ रन बनाउनुका साथै जोस बट्लरसँग कीर्तिमानी साझेदारी गरेपछि पाकिस्तानविरुद्धको तेस्रो टेष्टमा इङ्ल्यान्ड मजबुद स्थितिमा पुगेको छ।बेन स्टोक्स पारिवारिक कारण उपलब्ध नभएपछि क्राउली टीममा समेटिएका थिए। तर, अब क्राउली तीन नम्बर ब्याट्सम्यानका रुपमा निरन्तर टीममा स्थान बनाउने सम्भावना बढेको छ।

">