काठमाडौं। क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी-ट्वान्टी क्रिकेटमा नेपाली खेलाडी सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरेका छन्।
गएराति भएको खेलमा गुयाना अमेजन वारियर्सविरुद्ध सन्दीपले बलिङ गर्दै दुई विकेट लिए। उनले निकै किफायती बलिङ गरेका थिए। यद्यपी सन्दीपको टोली जमैका तलावाज भने गसयानासित १४ रनले हार्न पुग्यो।
सन्दीपले चार ओभर बलिङ गर्दै आठ रन मात्र खर्चिए। उनले शेरफेन रदरफोर्डलाई छ रनमा तथा क्रिस ग्रिनलाई दुई रनमा पभेलियन फर्काएका थिए। नवौँ ओभरमा बलिङ गर्न आएका सन्दीपले आफ्नो पहिलो ओभरमा मात्र दुई रन दिए। त्यसपछि ११औँ ओभरमा आफ्नो दोस्रो ओभर बलिङ गरेका उनले सो ओभरको दोस्रो बलमा गुयानाका रदरफोर्डलाई मुजिब उर रहमानद्वारा क्याच आउट गराएका थिए।
सो ओभरमा सन्दीपले विपक्षी टोलीलाई मात्र एक रन दिएका थिए। खेलको १३औँ ओभरमा उनले आफ्नो तेस्रो ओभर बलिङ गर्दै तीन रन खर्चिए। १५औँ ओभरमा आफ्नो अन्तिम ओभर बलिङ गरेका उनले सो ओभरको चौथो बलमा क्रिस ग्रिनलाई आउट गरे। उक्त ओभरमा सन्दीपले दुई रन मात्र खर्चिए।
टस जितेर जमैकाले फिल्डिङ गर्ने निर्णय गरेपछि गुयानाले ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा १९ दशमलव १ ओभरमा सबै विकेट गुमाएर ११९ रन बनाएको थियो।
१२० रनको विजय लक्ष्य पछ्याउने क्रममा जमैकाले सात विकेटको नोक्सानीमा १०७ रन बनाउन सक्यो। गुयानाका लागि ब्रान्डन किङले सर्वाधिक २९, चन्द्रपल हेमराजले २१, रस टेलरले २१ तथा नविन उल हकले १४ रन बनाए। बलिङतर्फ जमैकाका मुजिब उर रहमान र कार्लोस वार्थवेटले तीन/तीन तथा आन्द्रे रसेलले एक विकेट लिए।
विजय लक्ष्य पछ्याउने क्रममा जमैकाका लागि आन्द्रे रसेलले अविजित ५२, रोभमन पावेलले २३ र आशिफ अलीले १४ रन बनाए। सन्दीपले खेलमा ब्याटिङ समेत गरेका थिए। खेलको १६औँ ओभरमा जमैकाका लागि ब्याटिङ गर्न आएका सन्दीपले मात्र तीन बल खेल्न सके। तर, कुनै रन भने बनाउन सकेनन्।
सन्दीपले हालसम्म तीन खेलमा चार विकेट लिएका छन्।
सन्दीप तेस्रो पटक सीपीएल खेल्दै छन्। यसअघि उनले २०१८ मा पहिलोपटक सेन्ट किट्स एन्ड नेभिस पेट्रियाट्सबाट तथा दोस्रो पटक सन् २०१९ मा बार्बाडोस ट्राइडेन्ट्सबाट खेलेका थिए। यस वर्षको सीपीएलका लागि जमैकाले २० वर्षीय सन्दीपलाई ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो। रासस
" /> काठमाडौं। क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी-ट्वान्टी क्रिकेटमा नेपाली खेलाडी सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरेका छन्।गएराति भएको खेलमा गुयाना अमेजन वारियर्सविरुद्ध सन्दीपले बलिङ गर्दै दुई विकेट लिए। उनले निकै किफायती बलिङ गरेका थिए। यद्यपी सन्दीपको टोली जमैका तलावाज भने गसयानासित १४ रनले हार्न पुग्यो।

">