अन्तिम टेष्टमा इङ्ल्यान्डको दमदार सुरुआत

काठमाडौं। ज्याक क्राउलीले अविजित १७१ तथा जोस बोट्लरले अविजित ८७ रन बनाएपछि पाकिस्तानविरुद्धको तेस्रो टेष्टमा इङ्ल्यान्डले दमदार सुरुआत गरेको छ।

घरेलु टीम इङ्ल्यान्डले पहिलो दिनको समाप्तिमा चार विकेट गुमाएर ३३२ रन बनाएको छ। क्राउली र बट्लरले पाँचौं विकेटका लागि २०५ रनको साझेदारीपछि पाकिस्तानका बलर निराश बनेका थिए।

क्राउलीले २६९ बल खेल्दा १९ चौका प्रहार गरे। टेष्ट करियरमा उनको सबैभन्दा उच्च रन हो। यसअघि उनले ७६ रन बनाएका थिए। २२ वर्षे क्राउलीको यो आठौं टेष्ट खेल हो।

दोस्रो टेष्टमा टीममा नपरेका क्राउलाई अर्का अलराउन्डर बेन स्टोक्स पारिवारिक कारण उपलब्ध नहुने भएपछि तेस्रो टेष्टमा पुन: बोलाइएको थियो। २०१८ पछि इङ्ल्यान्डले ब्याट्सम्यानले तेस्रो नम्बरमा आएर शतक प्रहार गरेको यो पहिलो हो।

एक समय इङ्ल्यान्ड १२७/४ को स्थितिमा थियो। रोरी बर्नस् ६, डोब सिबले २२ जो रुट २९ तथा ओली पोपे ३ रन बनाएर पवेलियन फर्किएका थिए।

पाकिस्तानका यासिर शाहले दुई विकेट लिँदा शाहीन शाह अफ्रिदी र नासीम शाहले समान एक एक विकेट लिए।

तीन खेलको टेष्ट शृंखलामा इङ्ल्यान्ड १-० ले अगाडी छ। पहिलो टेष्ट इङ्ल्यान्डले तीन विकेटले जितेको थियो भने दोस्रो टेष्ट वर्षाले प्रभावित भएपछि बराबरीमा सकिएको थियो।

प्रतिक्रिया दिनुहोस्