के धोनीले संन्यास लिएको समाचारले उनकी श्रीमतीलाई अचम्मित पार्‍यो? <p>एजेन्सी। भारतीय क्रिकेट टोली पूर्व कप्तान महेन्द्रसिंह धोनीले क्रिकेटसँग सम्बन्धित सबै निर्णय र योजना आफैँसँग राख्थे। र, यसबारे उनकी पत्नी साक्षीलाई साँच्चिकै केही थाहा थिएन?</p> <p>&ldquo;धोनीले आफ्नो खेल जीवन र क्रिकेटसँग सम्बन्धित सबै निर्णय आफैँ लिन्थे। र, कसैसँग छलफल पनि गर्दैन थिए,&rdquo; धोनीसँग विद्यालय स्तरको क्रिकेट खेलेका साथी गौतम उपाध्यायले भनेका छन्, &ldquo;उनले पत्नी साक्षीसँग पनि यसबारे छलफल गरे भन्नेमा म विश्वस्त छैन।&rdquo;</p> <p>&ldquo;धोनी एक अचम्मको स्वभाव भएका व्यक्ति हुन्,&rdquo; उनी भन्छन्, &ldquo;ठूला निर्णयका लागि पनि उनले पत्नीसँग संन्यास लिनेबारे पक्कै छलफल गरेनन्।&rdquo;</p> <p>भारतीय क्रिकेट टोलीका पूर्व कप्तान धोनीले अगस्ट १५ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएको घोषणा गरेका थिए। उनको नेतृत्वमा भारतले २०११मा क्रिकेट विश्वकप पनि जितेको थियो।</p>
प्रतिक्रिया दिनुहोस्