तेक्वान्दोकर्मीको कोरोना बीमा गरिने
काठमाडौं। काठमाडौं जिल्ला तेक्वान्दो संघले २ सय जनाको कोरोना बीमा गरिदिने भएको छ। काठमाडौं जिल्लामा रहेका विभिन्न तेक्वान्दो डोजाङका करिब २ सय जना डोजाङ प्रमुखको कोरोना बीमा गरिदिने काठमाडौं जिल्लाका अध्यक्ष अशोक खड्काले जानकारी गराएका छन्।

जिल्ला संघको बिहीबार बसेको अनलाइन बैठकले उक्त निर्णय गरेको अध्यक्ष खड्काले जानकारी गराए। खड्काका अनुसार प्रत्येकको ५० हजार रुपैयाँ बराबरको कोरोना बिमा गरिनेछ।

तेक्वान्दोकर्मीको कोरोना बिमामा लाग्ने रकमको ५० प्रतिशत जिल्ला संघ तथा बाँकी ५० प्रतिसत रकम सगरमाथा तेक्वान्दो डोजाङका प्रशिक्षक धीरज गुरुङले प्रायोजन गर्ने खड्कालाई उद्यृत गर्दै राष्ट्रिय खेलकुद परिषदले जनाएको छ।

कोरोना भाइरसको महामारीका कारण खेलकुदका गतिविधिहरु पूर्ण रुपमा बन्द भएका बेला काठमाडौं जिल्ला तेक्वान्दो संघले भर्चुअल प्रतियोगिता गर्ने योजना बनाएको खड्काले बताएका छन्। उनका अनुसार यहि अगष्ट २९ र ३० तारिखमा प्रथम काठमाडौं भर्चुअल तेक्वान्दो प्रतियोगिता (पुम्से) हुनेछ।

प्रतिक्रिया दिनुहोस्