एम्बाप्पेलाई रोक्न कोम्यानले बायर्नका खेलाडीलाई सल्लाह दिने
एजेन्सी। बायर्न म्युनिखका विङ्गर किङ्ग्सली कोम्यानले आफ्ना ‘टीममेट’लाई पेरिस सेन्ट जर्मन (पीसजी)का स्टार फरवार्ड किलियान एम्बाप्पेलाई रोक्ने टिप्स दिने भएका छन्।

आइतबार राति हुने च्याम्पियन्स लिगको फाइनलमा बायर्नले पीएसजीसँग खेल्दै छ। कप डी फ्रान्सको फाइनलमा घाइते भएका एम्बाप्पेले पोर्चुगलको लिस्बोनमा हुने फाइनल खेल्ने सम्भावना कम थियो।

तर, क्वार्टरफाइनलमा एट्लान्टाविरुद्ध नाटकीय जित दिलाउन गरेको गोलसँगै मैदानमा फर्किएका २१ वर्षीय स्टार फरवार्ड एम्बाप्पेले फाइनल पूर्ण समय खेल्ने लगभग निश्चित छ।

दूर्त गति र अचुक फिनिसरको पहिचान बनाएका एम्बाप्पेलाई रोक्न उनको राष्ट्रिय टोलीका सहपाठी कोम्यानले बायर्नका रक्षकलाई सल्लाह दिने भएका हुन्।

“मैले धेरै पटक एम्बाप्पेसँग खेलेको छु,” उनले भने, “त्यसैले मेरो टीमका रक्षकलाई म सक्दो सल्लाह दिन्छु।”

क्वार्टरफाइनलमा बार्सिलोनालाई ८-२ गोलको नतिजामा पराजित गर्दै अन्तिम ४ मा आइपुगेको बायर्नले सेमिफाइनलमा लियोनलाई ३-० ले हराएको थियो।

त्यस्तै, क्वार्टरफाइनलमा एटलान्टालाई २-१ ले पराजित गर्दै अन्तिम चारमा आइपुगेको पीएसजीले आरबी लाइपजिगलाई ३-० ले पराजित गर्दै पहिलो पटक फाइनलमा स्थान बनाएको हो।

प्रतिक्रिया दिनुहोस्