इन्टर मिलानका लोजारो लोनमा मोन्चेनग्लाडबाच पुगे
काठमाडौं। भ्यालेन्टिनो लोजारो इटालियन क्लब इन्टर मिलानबाट लोनमा जर्मन क्लब बोरुसिया मोन्चेनग्लाडबाच पुगेका छन्। अस्ट्रियाका २४ वर्षीय लोजारो आगामी सिजन २०२०/२१ का लागि जर्मनी पुगेका हुन्।

गतवर्ष जर्मनीकै क्लब हेर्था बर्लिनबाट लोजारोलाई अनुबन्ध गरेको इन्टरले न्युक्यासल युनाइटेडलाई लोन मै दिएको थियो।

न्युक्यासलका लागि १५ खेल खेलका लोजारोले सबै खाले प्रतियोगितामा गरी दुई गोल गरेका थिए।

मोन्चेनग्लाडबाचका स्पोर्टिङ डाइरेक्टर म्याक्स एबर्ललले उनले आफ्नो क्लब रोजेकोमा खुशी व्यक्त गरेका छन्।

“उनी एक प्रतिभावान् खेलाडी हुन्,” उनले भने, “उनको आगमनसँगै टोलीको क्षमता थप सुदृढ भएको छ।”

मोन्चेनग्लाडबाचले सेप्टेम्बर १८ मा बोरुसिया डर्टमन्डविरुद्ध खेल्दै बुन्डेसलिगाको नयाँ सिजन सुरुआत गर्नेछ।

गत सिजन चौथो स्थानमा रहेर सिजन टुङ्ग्याएको मोन्चेनग्लाडबाचले आगामी सिजन च्याम्पियन्स लिगमा स्थान सुरक्षित गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्