काठमाडौं। “समय चक्रमा घुमिरहने घडीको तार हो की ...,” नेपथ्य ब्यान्डले गाएको गीत, ‘यो जिन्दगानी..’

नेपथ्यले यो गीत कुनै बेलाका सुपरस्टार खेलाडीहरूको करिअरका उतारचढावमाथि गाएजस्तै लाग्छ।

गीतजस्तै भएको छ, नेपालका पाँच फुटबलरको जीवन पनि। घडीको सुई जस्तै।

सागर थापा, सन्दीप राई, रितेश थापा, विकाससिंह क्षेत्री र अञ्जन केसी नेपाली फुटबलका स्टार नाम थिए। सागर राष्ट्रिय टीमका कप्तान थिए भने सन्दीप उपकप्तान। रितेश गोलकिपर थिए, भरपर्दा रक्षक विकाससिंहको राष्ट्रिय जर्सीसँग सम्बन्ध सकिइसकेको थियो। रक्षापंक्तिकै भरपर्दा खेलाडी अञ्जन घरेलु प्रतियोगितामा सफल प्रशिक्षकको रुपमा स्थापित भइसकेका थिए।

फुटबलमा सबैले वाहवाही कमाएका थिए। जीवनशैली एउटा शीर्ष स्तरको सेलिब्रिटीजस्तो थियो। बाटो हिँड्न मुस्किल हुन्थ्यो। समर्थकले जताततै पछ्याउथे, फोटो खिच्न र अटोग्राफ लिन।

तर, नियतिलाई उनीहरूको त्यो बैभव मञ्जुर थिएन। वा आफ्नै अपरिपक्वताले उनीहरूको जीवनमा एकाएक कालो बादल मडारियो। लामो समय लगाएर खेलकै कारण ‘पोष्टर ब्वाई’ का रूपमा बनाएको छवि एकैपटक धुमिल भयो। राष्ट्रिय नायकबाट खलनायकमा रुपान्तरित हुनुपर्‍यो।

पाँच वर्षअगाडिको घटना हो यो। बडा दशैं आउनै लागेको थियो। भुइचालोले दशरथ रंगशाला चिरा पारेकाले सातदोबाटोमा राष्ट्रिय लिगको अन्तिम चरण चलिरहेको थियो।

अन्तर्राष्ट्रिय खेलहरू मिलोमतो गरेको अभियोगमा नेपाल प्रहरीले पाँचजनालाई पक्राउ गर्‍यो। प्रहरीले उनीहरूलाई राज्यविरुद्धको अपराधमा मुद्दा चलाएको थियो। अघिल्लो दिनसम्म मैदानमा देशका लागि ज्यान दिन तयार हुने राष्ट्रिय नायक भनेर चिनिएका उनीहरूलाई एकाएक देशद्रोहीका रूपमा चित्रित गरियो।

समाजले हेर्ने दृष्टिकोण १८० डिग्रीमा परिवर्तन भयो। यी खेलाडीको जीवनको घडी उल्टो घुम्यो। नेपथ्यको गीतजस्तो ‘समयचक्रमा’ घुमेन।

अघिल्लो दिनसम्म अटोग्राफमा हस्ताक्षर गराउन पछ्याउनेहरू नै भन्न थाले, “देशद्रोही।” अनि उनीहरुसँग फोटो खिचाउन मरिहत्ते गर्ने समर्थकहरू बाटोमा देख्दा पनि मुन्टो बटार्न थाले। सामाजिक सञ्जालमा त झनै उनीहरूविरुद्धका घृणा छताछुल्ल हुन थाले।

उल्टो घुमेको घडीले समयक्रमको एउटा चक्र पूरा गरेपछि भने फेरि दिशा परिवर्तन गरेको छ। अर्थात राष्ट्रिय टोलीका पाँच पूर्वखेलाडीको समय फेरि बदलिएको छ। उनीहरूलाई हेर्ने दृष्टिकोणमा फरकपना आउन थालेको छ। हिजो हदैसम्म घृणा गर्नेहरु सहानुभूतिको नजरले हेर्न थालेका छन्।

सिफारिस

पुलिसले लगाएको अभियोगबाट अदालतले उनीहरूलाई सफाई दिएको छ। असार २ गते सर्वोच्च अदालतले पुलिसले लगाएको राज्यविरुद्धको अपराधमा ‘अभियोग पुष्टी हुन नसकेको’ भन्दै सफाई दिएपछि उनीहरूलाई हेर्ने समाजको दृष्टीकोण फेरिन थालेको हो। त्यसैले त पाँच वर्षसम्म तिरस्कृत जीवनको हद भोगेका खेलाडीलाई विस्तारै सम्मानित नजर प्राप्त हुन थालेको अनुभूत भएको छ।

“हामीमाथि जुन घटना भयो, त्यसपछि आएका समाचारहरूको हेडलाईनबाट मानिसहरूले एक खालको धारणा बनाए। तर, नजिकबाट बुझ्नेहरूले हामीलाई कहिल्यै पनि नराम्रो दृष्टिकोणबाट हेरेनन्,” सन्दीपले भने, “विशेष र सर्वोच्च अदालतको फैसलापछि नजिकबाट नचिन्नेहरूले हामीप्रति बनाएको धारणामा धेरै परिवर्तन भएको छ।”

प्रहरीले समातेपछि अभियुक्तलाई दोषी करार गर्न नेपाली समाज निक्कै हतारिन्छ। खेलाडीहरु पनि त्यसबाट अछुतो रहेनन्। प्रहरीले पनि उनीहरुलाई त्यही रुपमा प्रस्तुत गरेको थियो। एसियाली फुटबल महासंघले आजीवन प्रतिबन्ध लगाइदिएपछि पाँच खेलाडीबाट आफ्नै साथीहरु पनि टाढिए। साथीभाईमात्र होइन, आफ्नै परिवारले पनि राम्रो नजरले हेर्न छाड्यो। अप्ठ्यारो पर्दा साथ चाहिने थियो। तर त्यही अवस्थामा सबैले साथ छाडेको गुनासो जीवनभर रहने गरी मनमा गाडियो।

“हामी एकाएक हिरोबाट जिरोमा आएका थियौं। जीवनकै सबैभन्दा नराम्रो क्षणबाट गुज्रिएका थियौं। सबैले हामीलाई भिलेनका रूपमा हेर्न थालेका थिए,” गोलकिपर रितेशले भने, “परिवारभित्रै पनि कुरा काट्नेहरु थिए। नजिकका साथीभाइ पनि टाढिए। सँगै खेल्ने खेलाडीहरू बोल्न छाडे। त्यो एकदम पीडादायी थियो।”

सागरको अनुभव पनि अरुको भन्दा फरक छैन। सार्वजनिक रुपमै अपमानित हुनुपरेका स्मरण सागरसँग थुप्रै छन्।

“यो पाँच वर्षको समयमा हामीले धेरै नराम्रा कुरा भोग्यौं। धेरै तनाव भएको थियो। फुटबल खेलाडीको रूपमा छिमेक, समाजले चिनेको नाम र सम्मानमा चोट पुग्यो,” सागरले ती दिन सम्झिए, “कतिपयले राम्रोसँग बोले पनि हामीलाई अप्रत्यक्ष रूपमा गर्ने घोचपेच सहजै बुझ्न सकिन्थ्यो। त्यो समयमा धेरै पीडा भयो।”

सिफारिस

कम्प्युटरमा फाइल मेटाए जस्तो त्यो पाँच वर्षको समय ‘डिलिट’ गर्न मिल्ने भए ती खेलाडीको जीवनमा गुनासो गर्नुपर्ने केही भेटिन्न। दाग त लागिहाल्यो। तथापि समाजले विस्तारै पुरानै रुपमा हेर्न थालेको सागरले अनुभव गरेका छन्। भन्छन्, “अगाडी हुँदा राम्रो बोले पनि पछाडी कुरा काट्नेहरु धेरै थिए। तर अहिले त्यो अवस्थामा परिवर्तन भएको छ।”

रितेश थप्छन्, “सफाई पाउनु आफैंमा एकदम सकरात्मक कुरा हो। तर त्यसअघि नै हामीलाई हेर्ने दृष्टिकोणमा विस्तारै परिवर्तन आएको थियो। छुटेपछि विस्तारै मानिसहरुले हामीलाई मोहोराका रुपमामात्र प्रस्तुत गरिएको रहेछ भन्ने सत्य बुझ्न थालेका छन्। ‘नबुझी नराम्रो व्यवहार गरेका रहेछौं’ भनेर केही सिनियर दाइहरू रुनु भएको थियो। अहिले समाजमा काम गर्न सजिलो भएको छ।”

सन्दीप राष्ट्रिय टीमको कप्तान बन्ने बाटोमा थिए। चोटले लगातार नपिरोलेको भए विकाससिंह पनि रक्षापंक्तिमा जम्ने थिए। तर सागर र रितेश भने संन्यास लिएर सुखद विदाईको पर्खाइमा थिए। सर्वोच्चबाट सफाइ पाए पनि एएफसीले लगाएको आजीवन प्रतिवन्ध भने अझै हटेको छैन। त्यसैले फुटबल करियरको महत्वपूर्ण पाटो (संन्यास) बाट भने खेलाडी अझै टाढै छन्। हठात रूपमा टुंगिएको करियरले सम्मानजनक विदाईको क्लाइमेक्स पाउने संकेत पनि देखिन्न।

“फुटबलमा इन्ट्री राम्रो भयो। इन्ट्री जसरी नै अवतरण गर्न खेजेको थिएँ। २०१२ मा सन्यास लिन नखोजेको पनि होइन। मैले प्रशिक्षक र एन्फालाई अनुरोध पनि गरेको थिए,” रितेशले भने, “त्यतिबेला वातारण बनाइदिएनन्। अहिले पछुतो लागेको छ। तर पनि अझै सुखद अन्त्यको आशा मारेको छैन। सेफ ल्यान्डिङको आशामा छु।”

सन्दीप पनि रितेशसँग बोली मिलाउँछन्। नेपालभन्दा बाहिर एएफसीले लगाएको प्रतिबन्धविरुद्ध अपिल गर्ने चाहनामा नेपाली फुटबलको सर्वोच्च निकाय एन्फाको पहल आवश्यक हुन्छ। “तर के कारणले हो, एन्फाले कुनै चासो देखाएको छैन। महामारीको प्रभाव सामान्य भएपछि एन्फाले यस विषयलाई गम्भीर रुपमा लिन्छ भन्ने विश्वास छ,” उनी भन्छन्।

सन्दीप एएफसीबाट पनि सफाइ पाउने आशामा छन्। कोभिड-१९ ले परिस्थिति प्रतिकूल छ। अवस्था समान्य भएपछि एएफसीसँगको लडाईं जारी राख्ने सन्दीप बताउँछन्।

तर उनीहरुको अवस्था मदनकृष्ण श्रेष्ठको गितमा चित्रित ‘पिपलु र बर’को जस्तै छ। उनीहरुको सत्य खोलापारीको बर, अनि उनीहरू चाहिँ वारी ठडिएको पिपलु जस्तै, भेट्नै गाह्रो।

" /> काठमाडौं। “समय चक्रमा घुमिरहने घडीको तार हो की ...,” नेपथ्य ब्यान्डले गाएको गीत, ‘यो जिन्दगानी..’

"> सर्वोच्चको फैसलाले बद्लिएको जीवन: Dekhapadhi
सर्वोच्चको फैसलाले बद्लिएको जीवन

सागर थापालगायत राष्ट्रिय टीमका फुटबलरले सर्वाेच्च अदालतबाट सफाइ पाए

सागर थापा भन्छन् -‘घरेलु मैदानमा फुटबल खेलेर संन्यास लिने इच्छा छ’

कम्प्युटरमा फाइल मेटाए जस्तो त्यो पाँच वर्षको समय ‘डिलिट’ गर्न मिल्ने भए ती खेलाडीको जीवनमा गुनासो गर्नुपर्ने केही भेटिन्न। दाग त लागिहाल्यो। तथापि समाजले विस्तारै पुरानै रुपमा हेर्न थालेको सागरले अनुभव गरेका छन्। भन्छन्, “अगाडी हुँदा राम्रो बोले पनि पछाडी कुरा काट्नेहरु धेरै थिए। तर अहिले त्यो अवस्थामा परिवर्तन भएको छ।”

रितेश थप्छन्, “सफाई पाउनु आफैंमा एकदम सकरात्मक कुरा हो। तर त्यसअघि नै हामीलाई हेर्ने दृष्टिकोणमा विस्तारै परिवर्तन आएको थियो। छुटेपछि विस्तारै मानिसहरुले हामीलाई मोहोराका रुपमामात्र प्रस्तुत गरिएको रहेछ भन्ने सत्य बुझ्न थालेका छन्। ‘नबुझी नराम्रो व्यवहार गरेका रहेछौं’ भनेर केही सिनियर दाइहरू रुनु भएको थियो। अहिले समाजमा काम गर्न सजिलो भएको छ।”

सन्दीप राष्ट्रिय टीमको कप्तान बन्ने बाटोमा थिए। चोटले लगातार नपिरोलेको भए विकाससिंह पनि रक्षापंक्तिमा जम्ने थिए। तर सागर र रितेश भने संन्यास लिएर सुखद विदाईको पर्खाइमा थिए। सर्वोच्चबाट सफाइ पाए पनि एएफसीले लगाएको आजीवन प्रतिवन्ध भने अझै हटेको छैन। त्यसैले फुटबल करियरको महत्वपूर्ण पाटो (संन्यास) बाट भने खेलाडी अझै टाढै छन्। हठात रूपमा टुंगिएको करियरले सम्मानजनक विदाईको क्लाइमेक्स पाउने संकेत पनि देखिन्न।

“फुटबलमा इन्ट्री राम्रो भयो। इन्ट्री जसरी नै अवतरण गर्न खेजेको थिएँ। २०१२ मा सन्यास लिन नखोजेको पनि होइन। मैले प्रशिक्षक र एन्फालाई अनुरोध पनि गरेको थिए,” रितेशले भने, “त्यतिबेला वातारण बनाइदिएनन्। अहिले पछुतो लागेको छ। तर पनि अझै सुखद अन्त्यको आशा मारेको छैन। सेफ ल्यान्डिङको आशामा छु।”

सन्दीप पनि रितेशसँग बोली मिलाउँछन्। नेपालभन्दा बाहिर एएफसीले लगाएको प्रतिबन्धविरुद्ध अपिल गर्ने चाहनामा नेपाली फुटबलको सर्वोच्च निकाय एन्फाको पहल आवश्यक हुन्छ। “तर के कारणले हो, एन्फाले कुनै चासो देखाएको छैन। महामारीको प्रभाव सामान्य भएपछि एन्फाले यस विषयलाई गम्भीर रुपमा लिन्छ भन्ने विश्वास छ,” उनी भन्छन्।

सन्दीप एएफसीबाट पनि सफाइ पाउने आशामा छन्। कोभिड-१९ ले परिस्थिति प्रतिकूल छ। अवस्था समान्य भएपछि एएफसीसँगको लडाईं जारी राख्ने सन्दीप बताउँछन्।

तर उनीहरुको अवस्था मदनकृष्ण श्रेष्ठको गितमा चित्रित ‘पिपलु र बर’को जस्तै छ। उनीहरुको सत्य खोलापारीको बर, अनि उनीहरू चाहिँ वारी ठडिएको पिपलु जस्तै, भेट्नै गाह्रो।

प्रतिक्रिया दिनुहोस्