ट्रिन्बागोसँग जमैका पराजित, सन्दीपले लिए एक विकेट

काठमाडाैं। मंगलबारदेखि सुरु भएको क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा सन्दीप लामिछानेको टोली जमैका तल्लावाज आफ्ने दोस्रो खेलमा पराजित भएको छ।

अहिले बिहान सम्पन्न खेलमा सन्दीपको जमैका ट्रिन्बागो नाइट राइडर्ससँग ७ विकेटले पराजित भएको हो।

ब्रिएन लारा एकेडेमी रंगशालामा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जमैकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३५ रनको योगफल तयार गरेको थियो।

१३७ रनको विजय लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको ट्रिन्बागोले १८.१ ओभरमा ३ विकेट गुमाएर १३६ रन बनायो।

सन्दीपले ट्रिन्बागोका लागि ३७ बलमा सात चाैका र दुई छक्कासहित ५३ रन बनाएका सुनील नारायणलाई कार्लोस ब्रेथवेटको हातबाट क्याच आउट गराएका हुन्।

बुधबार भएको सेन्ट लुसिया जोक्सविरुद्धको पहिलो खेलमा पनि सन्दीपले ४ ओभरमा २३ रन खर्चेर एक विकेट लिएका थिए।

जितसँगै ट्रिन्बागो दुई खेलबाट चार अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। दोस्रो स्थानका गुयना अमेजन वारियर्स, तेस्रो स्थानको सेन्ट लुसिया र तेस्रो स्थानको जमैकाको समान दुई/दुई अंक छ।

प्रतिक्रिया दिनुहोस्