ट्रिन्बागोविरुद्ध सन्दीपलाई सफलता <p>काठमाडाैं। क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा ट्रिन्बागोविरुद्ध १३६ रनको योगफल बचाइरहेको जमैका तल्लावाजका लागि नेपाली स्पिनर सन्दीप लामिछानेले महत्त्वपूर्ण विकेट लिएका छन्।</p> <p>ट्रिन्बागोका लागि ३७ बलमा सात चाैका र दुई छक्कासहित ५३ रन बनाएका&nbsp;सुनील नारायणलाई कार्लोस ब्रेथवेटको हातबाट क्याच आउट गराएका हुन्।</p> <p>बुधबार भएको पहिलो खेलमा पनि सन्दीपले ४ ओभरमा २३ रन खर्चेर एक विकेट लिएका थिए।</p>
प्रतिक्रिया दिनुहोस्