विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ८ लाख नजिक
काठमाडौं। विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ७ लाख ९६ हजार २९० पुगेको छ।

हालसम्म संक्रमण देखिएका २ करोड, २८ लाख ३१ हजार ४४९ जनामध्ये एक करोड ५५ लाख १५३ जना पूर्ण रूपमा निको भएका छन् भने हाल छ करोड ५३ लाख ५ हजार ६ जनाको उपचार भइरहेको वर्ल्डोमिटरको तथ्याङ्कले देखाएको छ।

पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ६१ हजार ८५१ नयाँ संक्रमित थपिएका छन् भने ६ हजार एक सय जनाको मृत्यु भएको छ।

हालसम्म अमेरिकामा सबैभन्दा धेरै एक लाख ७७ हजार ३५४ जनको मृत्यु भएको छ भने ५७ लाख ४५ हजार ३८४ जनामा संक्रमण देखिएको छ।

पछिल्लो २४ घण्टामा मात्र त्यहाँ एक हजार २० जनाको मृत्यु भएको छ भने ४४ हजार ४५३ नयाँ संक्रमित थपिएका छन्।

प्रतिक्रिया दिनुहोस्