सन्दीपको जमैकाले ट्रिन्बागोलाई दियो १३६ रनको लक्ष्य
काठमाडाैं। नेपाली राष्ट्रिय टोलीका स्टार स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तल्लावाजले जारी सिजनको दोस्रो खेलमा ट्रिन्बागो नाइट राइडर्सलाई १३६ रनको लक्ष्य दिएको छ।

टस हारेर ब्याटिङको निम्तो पाएको जमैकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३५ रनको योगफल तयार पारेको हो।

जमैकाका लागि ओपनर ग्लेन फिलिप्सले अर्धशतकीय इनिङ खेल्दै सर्वाधिक ५८ रनको योगदान गरे। ४२ बलको सामना गरेका उनले पाँच चाैका र चार छक्का प्रहार गरेका थिए।

अर्का ओपनर चाडविक वाल्टनलाई शून्यमा गुमाएको जमैकाका लागि आसिफ अलीले २२, एन्ड्रे रसलले २५, कप्तान राेभ्सम्यान पोवेलले ८ तथा कार्लोस ब्रेथवेट र फिडेल एडवार्ड १/१ रनमा आउट  हुँदा रमाल लेविस १५ तथा सन्दीप लामिछाने शून्यमा अविजित रहे।

१३६ को विजय लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको ट्रिन्बागोले ४.४ ओभरको समाप्तिमा १ विकेट गुमाएर २४ रन बनाएको छ।

बुधबार रातिको पहिलो खेलमा जमैकाले सेन्ट लुसिया जोक्सलाई ५ विकेटले पराजित गरेको थियो।

प्रतिक्रिया दिनुहोस्