इङ्लिस प्रिमियर लिग: म्यानचेस्टर सिटीले सिजनको पहिलो खेल एस्टन भिल्लासँग खेल्ने

काठमाडौं। इङ्सिल प्रिमियर लिग २०१७/१८ र १८/१९ मा लगातार दुई पटक उपाधि उचालेको म्यानचेस्टर सिटीले एस्टोन भिल्लासँग खेल्दै नयाँ सिजनको सुरुआत गर्ने भएको छ।

आज सार्वजनिक भएको प्रिमियर लिगको लिग तालिकाअनुसार मिति तय हुन बाँकी भए पनि सिटीले घरेलु मैदान इदिहाद रंगशालामा भिल्लासँग खेल्ने निश्चित भएको हो।

कोरोना महामारीका कारण विगतभन्दा एक महिना पछाडि सुरु हुने नयाँ सिजन सेप्टेम्बर १२ बाट सुरु हुनेछ।

साविक विजेता लिभरपुलले लिड्स युनाइटेडसँग खेल्दै नयाँ उपाधि रक्षा अभियान सुरु गर्नेछ।

म्यानचेस्टर सिटीले गत सिजन दोस्रो स्थानमा रहेर सिजन टुङ्ग्याएको थियो भने एस्टोन भिल्ला १७औं स्थानमा सीमित भएको थियो।

प्रतिक्रिया दिनुहोस्