साविक विजेता लिभरपुलले नयाँ सिजनको पहिलो खेलमा लिड्स युनाइटेडको सामना गर्ने <p>काठमाडाैं। इङ्लिस प्रिमियर लिगको&nbsp;साविक विजेता लिभरपुलले यसै सिजन दोस्रो डिभिजनबाट बढुवा भएको लिड्स युनाइटेडसँग पहिलो खेल खेल्दै उपाधि रक्षा यात्रा सुरु गर्ने भएको छ।</p> <p>सेप्टेम्बर १२ देखि सुरु हुने नयाँ सिजनको पहिलो खेल लिभरपुलले घरेलु मैदान एन्फिल्डमा खेल्ने भएको हो।</p> <p>कोरोना भाइरसका कारण एक महिनापछि सुरु हुने यसपटकको लिगमा लिभरपुल उपाधि रक्षामा तल्लिन हुनेछ।</p>
प्रतिक्रिया दिनुहोस्