काठमाडौं। शुरूमा पाएको केही राम्रा अवसर सदुपयोग गर्नु नसक्नु लियोनका लागि महंगो सावित भयो। अन्तत: लियोन जर्मन बुन्डेसलिगाको महारथी बायर्न म्युनिखसँग ३-० ले पराजित हुँदै च्याम्पियन्स लिगको अन्तिमबाट बाहिरियो। अल्भालेड रंगशालामा लियोनले राम्रो शुरूआत गरेको थियो। तर, पाएका अवसरलाई गोलमा परिणत गर्न नसक्दा फ्रेन्च लिग वान क्लब लियोनको पहिलो पटक च्याम्पियन्स लिगको फाइनल खेल्ने सपना समाप्त भयो।
‘‘यहाँसम्म गरेको यात्रा र आजको खेल हेर्ने हो भने पक्कै सन्तुष्ट हुने ठाँउ छैन,’’ लियोनका प्रशिक्षक रुडी गार्सियाले भने, ‘‘आज भाग्यले पनि साथ दिएन। किनकी शुरूमा दुई राम्रो अवसरलाई गोलमा परिणत गर्न सकेनौं।’’ लियोनको कथा परिवर्तन गर्नमा फरवार्ड कार्ल टोको एकाम्बी र मेम्फिस डिपे जिम्मेवार रहे।
डिपेले चौंथो मिनेटमा विपक्षी गोलकिपर म्याुएल न्युयरलाई कटाएर खाली पोष्टमा हानेको बल थोरैले बाहिरिएको थियो। १७औं मिनेटमा एकाम्बीले ६ यार्ड बक्स नजिकबाट वायाँ खुट्टाले हानेको प्रहार बारमा लागेर फर्किएको थियो। ‘‘शुरूको १७ मिनेट हेर्ने हो भने पछुताउनु पर्ने कुनै कारण छैन। किनकी हामीले दुई राम्रो अवसर सिर्जना गरेका थियौं,’’ लियोनका गोलकिपर एन्थोनी लोपेसले भने, ‘‘दुई शुन्यले अग्रता लिन्थ्यौं। यो महत्वपूर्ण खेलमा थोरै अवसर पाइन्छ। त्यसलाई सदुपयोग गर्न नसक्नु महंगो सावित भयो।’’
बायर्नले १८औं मिनेटमा सर्ज गनार्बीले गरेको गोलबाट अग्रता लियो। गनार्बीले ३३औं मिनेटमा अग्रता दोब्बर बनाए। खेल सकिन दुई मिनेट बाँकी रहँदा रोबर्ट लेवन्डोवस्कीले अर्को गोल थपेपछि बायर्नको फाइनल यात्रा पक्का भएको थियो। ‘‘हामी केही भाग्यमानी रह्यौं कि शुरूमा गोल खाएनौं। तर, त्यसपछि हामीले क्षमताअनुसारको प्रदर्शन गर्‍याैँ,’’ बायर्नका गोलकिपर न्युयरले भने, ‘‘लियोनमाथि दबाब सिर्जना गरेर राम्रो अवसर बनायौं। गनार्बीले सही समयमा पाएको अवसरलाई गोल परिणत गरे।’’
लियोनले अन्तिम १६ मा क्रिष्टियानो रोनाल्डोको युभेन्टसलाई पराजित गरेको थियो। क्वार्टरफाइनलमा पेप ग्वार्डिओलाको म्यानचेस्टर सिटीलाई हराउँदै अन्तिम चारमा स्थान बनाएको थियो। बायर्नले अब उपाधिका लागि पेरिस सेन्ट जर्मेन (पीएसजी)विरुद्ध खेल्नेछ। दुई घरेलु लिग विजेताले च्याम्पियन्स लिगको फाइनल खेल्न लागेको २२ वर्षपछि यो पहिलो पटक हो।
यसअघि १९९८ मा दुई घरेलु लिग विजेता रियाल मड्रिड र युभेन्टसले प्रतिस्पर्धा गरेका थिए। बायर्न जर्मन बुन्डेसलिगा विजेता टीम हो भने पीएसजी फ्रेन्च लिग वान विजेता हो। बायर्नले क्वार्टरफाइनलमा लियोनल मेसीको बार्सिलोनालाई ८-२ ले पराजित गरेको थियो भने अन्तिम १६ मा चेल्सीलाई ७-१ ले हराएको थियो।
" /> काठमाडौं। शुरूमा पाएको केही राम्रा अवसर सदुपयोग गर्नु नसक्नु लियोनका लागि महंगो सावित भयो। अन्तत: लियोन जर्मन बुन्डेसलिगाको महारथी बायर्न म्युनिखसँग ३-० ले पराजित हुँदै च्याम्पियन्स लिगको अन्तिमबाट बाहिरियो। अल्भालेड रंगशालामा लियोनले राम्रो शुरूआत गरेको थियो। तर, पाएका अवसरलाई गोलमा परिणत गर्न नसक्दा फ्रेन्च लिग वान क्लब लियोनको पहिलो पटक च्याम्पियन्स लिगको फाइनल खेल्ने सपना समाप्त भयो।
‘‘यहाँसम्म गरेको यात्रा र आजको खेल हेर्ने हो भने पक्कै सन्तुष्ट हुने ठाँउ छैन,’’ लियोनका प्रशिक्षक रुडी गार्सियाले भने, ‘‘आज भाग्यले पनि साथ दिएन। किनकी शुरूमा दुई राम्रो अवसरलाई गोलमा परिणत गर्न सकेनौं।’’ लियोनको कथा परिवर्तन गर्नमा फरवार्ड कार्ल टोको एकाम्बी र मेम्फिस डिपे जिम्मेवार रहे।
डिपेले चौंथो मिनेटमा विपक्षी गोलकिपर म्याुएल न्युयरलाई कटाएर खाली पोष्टमा हानेको बल थोरैले बाहिरिएको थियो। १७औं मिनेटमा एकाम्बीले ६ यार्ड बक्स नजिकबाट वायाँ खुट्टाले हानेको प्रहार बारमा लागेर फर्किएको थियो। ‘‘शुरूको १७ मिनेट हेर्ने हो भने पछुताउनु पर्ने कुनै कारण छैन। किनकी हामीले दुई राम्रो अवसर सिर्जना गरेका थियौं,’’ लियोनका गोलकिपर एन्थोनी लोपेसले भने, ‘‘दुई शुन्यले अग्रता लिन्थ्यौं। यो महत्वपूर्ण खेलमा थोरै अवसर पाइन्छ। त्यसलाई सदुपयोग गर्न नसक्नु महंगो सावित भयो।’’
बायर्नले १८औं मिनेटमा सर्ज गनार्बीले गरेको गोलबाट अग्रता लियो। गनार्बीले ३३औं मिनेटमा अग्रता दोब्बर बनाए। खेल सकिन दुई मिनेट बाँकी रहँदा रोबर्ट लेवन्डोवस्कीले अर्को गोल थपेपछि बायर्नको फाइनल यात्रा पक्का भएको थियो। ‘‘हामी केही भाग्यमानी रह्यौं कि शुरूमा गोल खाएनौं। तर, त्यसपछि हामीले क्षमताअनुसारको प्रदर्शन गर्‍याैँ,’’ बायर्नका गोलकिपर न्युयरले भने, ‘‘लियोनमाथि दबाब सिर्जना गरेर राम्रो अवसर बनायौं। गनार्बीले सही समयमा पाएको अवसरलाई गोल परिणत गरे।’’
लियोनले अन्तिम १६ मा क्रिष्टियानो रोनाल्डोको युभेन्टसलाई पराजित गरेको थियो। क्वार्टरफाइनलमा पेप ग्वार्डिओलाको म्यानचेस्टर सिटीलाई हराउँदै अन्तिम चारमा स्थान बनाएको थियो। बायर्नले अब उपाधिका लागि पेरिस सेन्ट जर्मेन (पीएसजी)विरुद्ध खेल्नेछ। दुई घरेलु लिग विजेताले च्याम्पियन्स लिगको फाइनल खेल्न लागेको २२ वर्षपछि यो पहिलो पटक हो।
यसअघि १९९८ मा दुई घरेलु लिग विजेता रियाल मड्रिड र युभेन्टसले प्रतिस्पर्धा गरेका थिए। बायर्न जर्मन बुन्डेसलिगा विजेता टीम हो भने पीएसजी फ्रेन्च लिग वान विजेता हो। बायर्नले क्वार्टरफाइनलमा लियोनल मेसीको बार्सिलोनालाई ८-२ ले पराजित गरेको थियो भने अन्तिम १६ मा चेल्सीलाई ७-१ ले हराएको थियो।
"> अवसरको सदुपयोग गर्न नसक्नु लियोनलाई महंगो सावित: Dekhapadhi
अवसरको सदुपयोग गर्न नसक्नु लियोनलाई महंगो सावित
काठमाडौं। शुरूमा पाएको केही राम्रा अवसर सदुपयोग गर्नु नसक्नु लियोनका लागि महंगो सावित भयो। अन्तत: लियोन जर्मन बुन्डेसलिगाको महारथी बायर्न म्युनिखसँग ३-० ले पराजित हुँदै च्याम्पियन्स लिगको अन्तिमबाट बाहिरियो। अल्भालेड रंगशालामा लियोनले राम्रो शुरूआत गरेको थियो। तर, पाएका अवसरलाई गोलमा परिणत गर्न नसक्दा फ्रेन्च लिग वान क्लब लियोनको पहिलो पटक च्याम्पियन्स लिगको फाइनल खेल्ने सपना समाप्त भयो।
‘‘यहाँसम्म गरेको यात्रा र आजको खेल हेर्ने हो भने पक्कै सन्तुष्ट हुने ठाँउ छैन,’’ लियोनका प्रशिक्षक रुडी गार्सियाले भने, ‘‘आज भाग्यले पनि साथ दिएन। किनकी शुरूमा दुई राम्रो अवसरलाई गोलमा परिणत गर्न सकेनौं।’’ लियोनको कथा परिवर्तन गर्नमा फरवार्ड कार्ल टोको एकाम्बी र मेम्फिस डिपे जिम्मेवार रहे।
डिपेले चौंथो मिनेटमा विपक्षी गोलकिपर म्याुएल न्युयरलाई कटाएर खाली पोष्टमा हानेको बल थोरैले बाहिरिएको थियो। १७औं मिनेटमा एकाम्बीले ६ यार्ड बक्स नजिकबाट वायाँ खुट्टाले हानेको प्रहार बारमा लागेर फर्किएको थियो। ‘‘शुरूको १७ मिनेट हेर्ने हो भने पछुताउनु पर्ने कुनै कारण छैन। किनकी हामीले दुई राम्रो अवसर सिर्जना गरेका थियौं,’’ लियोनका गोलकिपर एन्थोनी लोपेसले भने, ‘‘दुई शुन्यले अग्रता लिन्थ्यौं। यो महत्वपूर्ण खेलमा थोरै अवसर पाइन्छ। त्यसलाई सदुपयोग गर्न नसक्नु महंगो सावित भयो।’’
लियोनले अन्तिम १६ मा क्रिष्टियानो रोनाल्डोको युभेन्टसलाई पराजित गरेको थियो। क्वार्टरफाइनलमा पेप ग्वार्डिओलाको म्यानचेस्टर सिटीलाई हराउँदै अन्तिम चारमा स्थान बनाएको थियो। बायर्नले अब उपाधिका लागि पेरिस सेन्ट जर्मेन (पीएसजी)विरुद्ध खेल्नेछ। दुई घरेलु लिग विजेताले च्याम्पियन्स लिगको फाइनल खेल्न लागेको २२ वर्षपछि यो पहिलो पटक हो।
यसअघि १९९८ मा दुई घरेलु लिग विजेता रियाल मड्रिड र युभेन्टसले प्रतिस्पर्धा गरेका थिए। बायर्न जर्मन बुन्डेसलिगा विजेता टीम हो भने पीएसजी फ्रेन्च लिग वान विजेता हो। बायर्नले क्वार्टरफाइनलमा लियोनल मेसीको बार्सिलोनालाई ८-२ ले पराजित गरेको थियो भने अन्तिम १६ मा चेल्सीलाई ७-१ ले हराएको थियो।
प्रतिक्रिया दिनुहोस्