सन्दीप सम्मिलित जमैकाको विजयी सुरुआत
<p>काठमाडौं। सन्दीप लामिछाने सम्मिलित जमैका तल्लावाजले हिजोबाट सुरु भएको क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा विजयी सुरुआत गरेको छ।</p>
<p>प्रतियोगिताको तेस्रो तथा आफ्नो पहिलो खेलमा आज जमैकाले सेन्ट लुसिया जोक्सलाई ५ विकेटले पराजित गरेको छ। ब्रायन लारा एकेडेमी रंगशालामा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको सेन्ट लुसियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५८ रनको योगफल तयार पारेको थियो।</p>
<p>१५९ रनको विजय लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको जमैकाले १८.५ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पूरा ग¥यो।</p>
<p>बलिङतर्फ ४ ओभरमा २३ रन खर्चिएका सन्दीपले १ विकेट लिएका थिए।</p>
प्रतिक्रिया दिनुहोस्
