सेन्ट लुसियाले जमैकालाई दियो १५९ रनको लक्ष्य, सन्दीपले लिए १ विकेट

काठमाडौं। नेपाली राष्ट्रिय टोलीका स्टार स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तल्लावाजले सिजनको पहिलो खेलमा सेन्ट लुसियाविरुद्ध १ सय ५९ रनको विजय लक्ष्य पाएको छ।

ट्रिनिडाडको ब्रिएन लारा एकेडेमी रंगशालामा जारी खेलमा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको सेन्ट लुसियाले रोस्टोन चेजको अर्धशतक मद्दतमा निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५८ रनको योगफल तयार गर्‍यो।

जमैकाका लागि आफ्नो कोटाको पूरा चार ओभर बलिङ गरेका सन्दीपले २३ रन खर्चेर एक विकेट लिए। जमैकाका लागि मुजव अर रहमान र भिरास्यामी पर्माउलले दुई÷दुई तथा एन्ड्री रसेलले एक विकेट लिए।

सन्दीपले २१ बलमा एक चौका र एक छक्कासहित २५ रन बनाएका सेन्ट लुसियाका नजिबुल्लाल जाड्रानलाई कप्तान रोभम्यान पवेलको हातबाट क्याच आउट गरे।

सेन्ट लुसियाका लागि रोस्टोन चेजले सर्वाधिक अर्धशतकीय इनिङ खेल्दै ५२ रनको योगदान गरे। ४२ बलको सामना गरेका चेजले दुई छक्का र चार चौका प्रहार गर्दै रहमानको बलमा ओसेन थोमसको हातबाट क्याच आउट भए।

EYES ON THE PRIZE!!! #CPL20 #JTvSLZ #CricketPlayedLouder pic.twitter.com/8QMqe2vs4c

— CPL T20 (@CPL) August 19, 2020

प्रतिक्रिया दिनुहोस्