सन्दीपले लिए सीपीएलमा जमैकाका लागि पहिलो विकेट

काठमाडौं। क्यारेबियन प्रिमियर लिग (सीपीए)अन्तर्गत सेन्ट लुसिया जोक्सविरुद्ध जारी खेलमा नेपाली युवा स्पिनर सन्दीप लामिछानेले जमैका तल्लाजावका लागि आफ्नो पहिलो विकेट लिएका छन्।

राष्ट्रिय टोलीका नियमित सदस्यसमेत रहँदै आएका स्टार स्पिनर सन्दीपले नवौं ओभरमा पहिलो पटक बलिङ गर्दै आठ रन खर्चिएका थिए।

ब्रियन लारा एकेडेमी रंगशाला ट्रिनिडाडमा टस जितेर फिल्डिङ रोजेको जमैकाका लागि सन्दीपले चौथो विकेटको रूपमा सेन्ट लुसियाका नजिबुल्लाह जार्डानलाई कप्तान रोभ्मन पावेलको हातबाट क्याच आउट गरेका हुन्।

जार्डानले २१ बलमा १ चाैका १ छक्कासहित २५ रन बनाएका थिए।

यसअघि जमैकाका लागि भिरा स्यामिपर्माउलले दुई तथा एन्ड्री रसलले एक विकेट लिएका थिए। सेन्ट लुसियाका लागि एन्ड्री फ्लेटचर २१ बलमा २ चौका र १ छक्कासहित २२ रन बनाएर पभेलियन फर्केका छन्। त्यस्तै अर्का ओपनर सेन्ट लुसियाका लागि ९ बलमा २ चौकासहित ९ रन बनाएर आउट हुँदा मार्क डिएल ६ बल खेलेर १ चौका २ छक्कासहित १७ रन बनाएर पभेलियन फर्के।

सेन्ट लुसियाका लागि रोस्टोन चेज ३६ तथा मोहमद नबी खेलिरहेका छन्। १७.२ ओभरको समाप्तिमा सेन्ट लुसियाले ५ विकेट गुमाएर १४४ रन बनाएको छ।

हिजोबाट सुरु भएको प्रतियोगितामा आज पहिलो खेल खेलिरहेको जमैकाले भदाै ५ गते दोस्रो खेलमा ट्रिन्बागो नाइट राइडर्सको सामना गर्नेछ।

प्रतिक्रिया दिनुहोस्