काठमाडौं। पछिल्लो समय निरन्तर खराब लयबाट गुज्रिएको बार्सिलोनाले बुधबार रोनाल्ड कोम्यानलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ।
बार्सिलोनाले क्विक सेटिनलाई बर्खास्त गरेपछि कोम्यानको नाम चर्चामा थियो।
क्वाटलान क्लबले बुधबार औपचारिकरूपमा कोम्यान क्लबसँग अनुबन्ध भएको जनाएको हो। च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा बायर्न म्युनिखसँग ८-२ को लज्जास्पद हार बेहोरेपछि बार्सिलोनाले सेटिनलाई बर्खास्त गरेको थियो।
अर्नोस्टो भाल्भार्डेको स्थान लिएका सेटिनले २५ खेलमा मात्र बार्सिलोनाको टच लाइन सम्हालेका थिए। कोम्यानले उनै सेटिनको स्थान लिएका हुन्। बार्सिलोनाले पूर्व रक्षक कोम्यानसँग २०२२ को जुनसम्मका लागि सम्झाैता भएको जनाएको छ।
“नेदरल्यान्ड्सका कोम्यानसँग २० वर्षको प्रशिक्षण अनुभव छ भने उनले आठ उपाधि जितिसकेका छन्,” बार्सिलोनाले जनाएको छ।
कोम्यानले २०१८ यता नेदरल्यान्ड्स राष्ट्रिय टीमको प्रशिक्षण सम्हालेका थिए। त्यसअघि उनले प्रिमियर लिग, स्पेनिस लिग, नेदरल्यान्ड र पोर्चुगलको लिगका क्लबमा प्रशिक्षण गरेका थिए।
५७ वर्षे कोम्यानले १९९८ बाट २००० सम्म बार्सिलोनाको साहायक प्रशिक्षकका रूपमा काम गरेका थिए। खेलाडीका रूपमा पनि कोम्यानले बार्सिलोनालाई पहिलो युरोपियन उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए।
दुई दशकअघि वेम्बली रंगशालामा साम्पडोरियाविरुद्ध कोम्यानले थप गरिएको समयमा गोल गरेका थिए।
“वेम्बलीमा नायक, जसले बार्सिलोनालाई पहिलो युरोपियन उपाधि जिताए। उनी पुन क्याम्प नोउ फर्किएका छन्,” बार्सिलोनाले भनेको छ।
" /> काठमाडौं। पछिल्लो समय निरन्तर खराब लयबाट गुज्रिएको बार्सिलोनाले बुधबार रोनाल्ड कोम्यानलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ।बार्सिलोनाले क्विक सेटिनलाई बर्खास्त गरेपछि कोम्यानको नाम चर्चामा थियो।

">