काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तल्लावाजले क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा आज पहिलो खेल खेल्दैछ।
नेपाली समयअनुसार राति पौने ८ बजे शुरू हुने खेलमा जमैकाले सेन्ट लुसिया जोक्सको सामना गर्नेछ। हिजोदेखि शुरू भएको प्रतियोगिताको पहिलो खेलमा ट्रिन्बागो नाइट राइडर्सले गुयना अमाजन वारियर्सलाई ४ विकेटले पराजित गरेको थियो। त्यस्तै, दोस्रो खेलमा बार्बाडोस ट्रिडेन्टसले सेन्ट टिट्स एन्ड नेभिस प्याट्रिओट्सलाई ६ रनले पराजित गरेको थियो।
जमैका र सेन्ट लुसियाबीच ट्रिनिडाडको ब्रेन लारा रंगशालामा हुने प्रतियोगिताको तेस्रो खेलमा जित हासिल गर्दै दुवै टोली प्रतियोगिताको सुखद् शुरूआत गर्न चाहन्छन्। सन्दीपको टोली जमैकाले दोस्रो खेल भदौ ५ गते ट्रिबागोसँग खेल्ने छ।
" /> काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तल्लावाजले क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा आज पहिलो खेल खेल्दैछ।नेपाली समयअनुसार राति पौने ८ बजे शुरू हुने खेलमा जमैकाले सेन्ट लुसिया जोक्सको सामना गर्नेछ। हिजोदेखि शुरू भएको प्रतियोगिताको पहिलो खेलमा ट्रिन्बागो नाइट राइडर्सले गुयना अमाजन वारियर्सलाई ४ विकेटले पराजित गरेको थियो। त्यस्तै, दोस्रो खेलमा बार्बाडोस ट्रिडेन्टसले सेन्ट टिट्स एन्ड नेभिस प्याट्रिओट्सलाई ६ रनले पराजित गरेको थियो।

">