काठमाडौं। अन्तत पेरिस सेन्ट जर्मेन (पीएसजी) फाइनलमा स्थान बनाउन सफल भएको छ। च्याम्पियन्स लिगमा ११० खेलपछि फ्रेन्च लिग वानको महारथीले युरोपियन क्लब प्रतियोगिताको फाइनलमा स्थान बनाउन सफल भएको छ।
गएराति जर्मन बुन्डेसलिगाको क्लब आरबी लाइपजिगलाई ३-० ले पराजित गर्दै पीएसजीले फाइनलमा स्थान बनाएको हो। पीएसजीको जितमा एन्जेल डी मारिया नायक बने। उनी आफैंले एक गोल गरे भने अर्को दुई गोलमा अवसर सिर्जना गरिदिए।
‘‘हामी धेरै खुशी छौं। क्लबलाई पहिलोपटक फाइनलमा पुर्याउन सफल भएका छौं,’’ डी मारियाले भने, ‘‘धेरै मिहिनेत गरेका थियौं। आज त्यसका फल पाएका छौं। क्लबका लागि हामी इतिहास रच्न चाहन्छौं। हामी आज फाइनलमा छौं पुगेको छौं र यो जितलाई निरन्तरता दिन चाहन्छौं।’’
२००४ मा मोनाकोपछि च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाउने पीएसजी पहिलो टीम बनेको छ। पीएसजीले उपाधि जितेमा १९९३ पछि उपाधि जित्ने फ्रान्सको पहिलो क्लब बन्नेछ। पीएसजीले अब उपाधिका लागि जर्मनीकै बायर्न म्युनिख र फ्रान्सकै लियोनबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
माक्र्विनहोसको १३औं मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिएका थिए। ४२औं मिनेटमा डी मारियाले नेइमारको पासमा अग्रता दोब्बर बनाए। ५६औं मिनेटमा जुवान बर्नाटले अर्को गोल थप्दै पीएसजीको फाइनलमा यात्रा पक्का गरेका थिए।
‘‘फाइनल यात्राका लागि पीएसजी हकदार थियो,’’ लाइपजिगका ३३ वर्षे प्रशिक्षक युलियन नागेल्सम्यानले भने, ‘‘पहिलो १२, १३ मिनेट हामीले राम्रो खेल्यौं। त्यसपछि लय विग्रियो। दोस्रो गोल खाएपछि खेलमा फर्किन गाह्रो भयो। किनकी पीएसजी धेरै राम्रो टीम हो। नतिजा स्वीकार्न कठिन छ तर फुटबल यस्तै हो।’’
" /> काठमाडौं। अन्तत पेरिस सेन्ट जर्मेन (पीएसजी) फाइनलमा स्थान बनाउन सफल भएको छ। च्याम्पियन्स लिगमा ११० खेलपछि फ्रेन्च लिग वानको महारथीले युरोपियन क्लब प्रतियोगिताको फाइनलमा स्थान बनाउन सफल भएको छ।गएराति जर्मन बुन्डेसलिगाको क्लब आरबी लाइपजिगलाई ३-० ले पराजित गर्दै पीएसजीले फाइनलमा स्थान बनाएको हो। पीएसजीको जितमा एन्जेल डी मारिया नायक बने। उनी आफैंले एक गोल गरे भने अर्को दुई गोलमा अवसर सिर्जना गरिदिए।

">