काठमाडौं। च्याम्पियन्स लिगको सेमिफाइनलमा आज राति जर्मन क्लब आरबी लाइपजिग र फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मन(पीएसजी) भिड्दै छन्।
लाइपजिग पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको हो भने पीएसजीले १५ वर्षपछि अन्तिम चारमा स्थान बनाएको हो।
पीएसजीले क्वार्टरफाइनल पार गर्न लामो समय प्रतीक्षा गर्नु पर्यो। तर, प्रतियोगिताका सर्वाधिक गोलकर्ता टिमो वेर्नर बिनाको लाइपजिग अनुमानितभन्दा उच्चस्तरको प्रदर्शन दिँदै यहाँ आइपुगेको छ।
कोरोना भाइरसको महामारीका कारण पोर्चुगलमा एकल लेग फर्म्याटमा जारी प्रतियोगिताअन्तर्गत दुई क्लबबीचको खेल आज राति नेपाली समयअनुसार पौने १ बजे सुरु हुनेछ।
दुवै टोलीको सेमिफाइनल यात्रा

क्वार्टरफाइनलमा स्पेनिस महारथी एट्लेटिको मड्रिडको सामना गर्नुपर्ने निश्चित भएसँगै आरबी लाइपजिगको प्रतियोगिता अन्तिम आठ मै टुङ्गिने चर्चा थियो। तर, क्लबका उत्कृष्ट फरवार्ड वेर्नर जुलाईमा चेल्सीसँग आबद्ध भएपछि लाइपजिगको अग्रपंक्ति दुर्बल हुने अनुमान गरिएको थियो।
तर, ड्यानी ओल्मो र टेलर आडम्सले गरेका महत्त्वपूर्ण गोलको मद्दतमा एट्लेटिकोलाई २-१ ले पराजित गर्दै लाइपजिगले क्वार्टरफाइनलमा पुगेर इतिहास रच्यो।

त्यस्तै, क्वार्टरफाइनलमा इटालियन ‘अन्डर डग्स’ एट्लान्टासँग इन्जुरी समयसम्म १-० ले पछाडि परेको पीएसजीको लामो समयको पर्खाइ निराशामा परिणत हुनै लागेको थियो। तर, निर्धारित ९० मिनेटपछि माक्विनोस र एरिक म्याक्सिम चुपो मोटिङले गरेको गोलसँगै फ्रेन्च लिग च्याम्पियनले नाटकीयरूपमा अन्तिम चारमा स्थान बनायो।
टीम न्युज
क्वार्टरफाइनलको टीम न्युजमा खासै फरक नदेखिने लाइपजिगको टोलीमा इब्राहिमा कोनाटेले चोटका कारण सेमिफाइनल गुमाउने छन्।
त्यस्तै गत जनवरीमा भित्रिएका ह्वाङ्ग हि-चान र बेन्जामिन हेनरिक्स उपलब्ध हुने छैनन्।
प्रशिक्षक जुलिया नागेस्मानले एट्लेटिकोविरुद्ध उतारेकै सुरुआती ११ लाई निरन्तरता दिने उच्च सम्भावना छ। एट्लेटिकोविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका मिडफिल्डर केभिन काम्पलले पुनः आफ्नो स्थान लिँदा क्रिस्टोफर एनकुन्कुले आफ्नो वाल्यवस्थाको क्लबविरुद्ध खेल्नेछन्।
अर्कातिर, पीएसजी पहिलो रोजाइका गोलकिपर केलर नाभास बिना मैदानमा उत्रिने भएको छ।
रियाल मड्रिडका पूर्व खेलाडी नाभासको स्थानमा सर्जियो रिकोले पीएसजीको गोलपोष्ट सम्हाल्ने छन्। त्यस्तै, पीएसजीका प्रशिक्षक थोमस टचेलले आफ्ना महत्त्वपूर्ण मिडफिल्डर मार्को भेराटीलाई खेलाउन सक्षम हुने छैनन्।
तर, विङ्गर एन्जल डी मारियाको पुनरागमनसँगै पीएसजीले नयाँ ऊर्जा भने अवश्य पाएको छ। क्वार्टरफाइनलमा अन्तिमको ३० मिनेट मात्र मैदानमा बिताएका फरवार्ड किलियन एम्बाप्पे पनि आजको खेलका लागि पूर्णरूपमा फिट छन्।
सम्भावित सुरुआती-११
आरबी लाइपजिगः गुलाक्सी, क्लोटरम्यान, उपामेकानो, हल्सटेनबर्ग, एन्जेलिनो, आइमर, काम्पल, साबिट्जर, ओल्मो, एनकुन्कु, पउलसेन।
पीएसजीः रिको, केहेर, सिल्भा, किम्पेम्बे, बर्नाट, माक्विनोस, गुये, डी मारिया, नेइमार, इकार्डी, एम्बाप्पे।

डायोट उपामेकानो र प्रेस्नेल किम्पेम्बेबीचको मुख्य भिडन्त
सिजनको समाप्तीसँगै कप्तान थिएगो सिल्भाले पीएसजी छोड्ने निश्चित छ। र, उनको स्थान लिने निरन्तर प्रयत्नमा छन्, किम्पेम्बे।
फ्रान्सका २५ वर्षीय रक्षक किम्पेम्बे निकट भविष्यमा राष्ट्रिय टोलीमा स्थानका लागि छाप छोड्ने प्रयत्नमा छन्। र, त्यसका लागि आजको खेलमा उपामेकानोसँगै भिडन्तले त्यसमा थप प्रभाव पार्नेछ।

एट्लेटिकोमाथिको जितमा ‘गेम चेन्जर’ सावित भएका उपामेकानो युरोपका प्रतिष्ठित क्लबहरूका रूचि विपरीत लाइपजिगमै बस्ने भएका छन्।
ठूला स्टेजमा उनको प्रदर्शन मापन गर्न आज रातिको खेल उपामेकानोका लागि अत्यन्तै महत्त्वपूर्ण छ। नेइमार, एम्बाप्पे र एन्जल डी मारियाले भरिएको पीएसजीको आक्रामक अग्रपंक्तिसामु उपामेकानो पूर्णरूपमा व्यस्त हुनेछन्।
" /> काठमाडौं। च्याम्पियन्स लिगको सेमिफाइनलमा आज राति जर्मन क्लब आरबी लाइपजिग र फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मन(पीएसजी) भिड्दै छन्।लाइपजिग पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको हो भने पीएसजीले १५ वर्षपछि अन्तिम चारमा स्थान बनाएको हो।

">