काठमाडौं। नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेले खेल्ने क्यारेबियन प्रिमियर लिग (सीपीएल) आजदेखि शुरू हुँदैछ। ट्रिनिडाड एण्ड टोबागोमा आज राति ७:४५ बजेदेखि सीपीएल शुरू हुनेछ।
सन्दीपले भने आफ्नो पहिलो खेल भोलि राति ७:४५ बजे खेल्नेछन्। सन्दीप सम्मिलित जमैका तल्लाहवाजले पहिलो खेल सेन्ट लुसियासित खेल्नेछ।
सीपीएल खेल्न आफू निकै उत्साहित भएको सन्दीपको भनाइ छ। सामाजिक सञ्जालमार्फत आफ्नो भनाइ सार्वजनिक गर्दै उनले कोरोना महामारीका कारण लामो समयपछि क्रिकेट खेल्न पाउँदा खुशी लागेको बताएका छन्।
सन्दीप सीपीएल खेल्न गत १५ साउनमा ट्रिनिडाड एन्ड टोबागो गएका थिए। नियमित उडान बन्द गरिएको अवस्थामा उनी कोरियन एअरको चार्टर्ड जहाजमा टोबागो गएका हुन्।
यसबीच सन्दीपको दुई पटक पीसीआर परीक्षण गराएका थिए। नेपाल र टोबागोमा गरिएको पीसीआर परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको थियो । उक्त रिपोर्टसँगै सन्दीपको सीपीएल खेल्ने बाटो खुला भएको हो ।
यस यामको सीपीएलका लागि जमैका तल्लावाहजले सन्दीपलाई ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको छ। सन्दीपले यसअघि दुई पटक सीपीएल खेलिसकेका छन्।
" /> काठमाडौं। नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेले खेल्ने क्यारेबियन प्रिमियर लिग (सीपीएल) आजदेखि शुरू हुँदैछ। ट्रिनिडाड एण्ड टोबागोमा आज राति ७:४५ बजेदेखि सीपीएल शुरू हुनेछ।सन्दीपले भने आफ्नो पहिलो खेल भोलि राति ७:४५ बजे खेल्नेछन्। सन्दीप सम्मिलित जमैका तल्लाहवाजले पहिलो खेल सेन्ट लुसियासित खेल्नेछ।

">