काठमाडौं। इन्टर मिलान एक दशकपछि पहिलो पटक युरोपियन प्रतियोगिताको फाइनलमा स्थान बनाउन सफल भएको छ। लाउटारो मार्टिनेज र रोमेलु लुकाकुको समान दुई गोलप्रेरित इन्टरले गएराति शाख्तर डोनेस्कलाई ५–० ले पराजित गर्दै युरोपा लिगको फाइनलमा स्थान बनाएको हो।
इन्टरले १९औं मिनेटमा मार्टिनेजको गोलबाट अग्रता लिएको थियो। ६४औं मिनेटमा ड्यानिलो डी’एब्रोसियोले अग्रता दोब्बर बनाए। ७४ मिनेटमा मार्टिनेजले व्यक्तिगत दोस्रो गोल गरे। लुकाकुले ७८औं मिनेटमा अर्को गोल थपे। खेल सकिन ६ मिनेट बाँकी रहँदा लुकाकुले व्यक्तिगत दोस्रो गोल गरे।

२०१० पछि पहिलोपटक युरोपियन क्लब प्रतियोगिताको फाइनलमा स्थान बनाएको इन्टरले अब उपाधिका लागि सेभियाविरुद्ध खेल्नेछ। सेभिया पाँच पटकको युरोपा लिग विजेता हो। सेभियाले आइतबार राति म्यानचेस्टर युनाइटेडलाई २–१ पारजित गर्दै फाइनलमा स्थान बनाएको थियो।
‘‘हामीले धेरै बलियो टीमलाई हराएर फाइनलमा स्थान बनाएका छौं। हामीले हासिल गरेको नतिजाबाट झुक्किन हुदैन,’’ इन्टरका प्रशिक्षक एन्टोनियो कोन्टेले भने, ‘‘हामीले योजनाअनुसार नै उनीहरूलाई खुलेर खेल्न दिएनौं।’’ गत वर्षमात्र इन्टरको प्रशिक्षकमा नियुक्त भएका कोन्टेले टीममा धेरै परिवर्तन ल्याएका छन्।
त्यस्तै, लुकाकुले पनि क्लबमा पहिलो सिजन नै ३३ गोल गरिसकेका छन्। युरोपियन प्रतियोगितामा इन्टरले पछिल्लो पटक २०१० मा च्याम्पियन्स लिगको उपाधि जितेको थियो। त्यस्तै, इन्टरले १९९१, १९९४, १९९८ मा युरोपा लिगको उपाधि जितेको थियो।
" /> काठमाडौं। इन्टर मिलान एक दशकपछि पहिलो पटक युरोपियन प्रतियोगिताको फाइनलमा स्थान बनाउन सफल भएको छ। लाउटारो मार्टिनेज र रोमेलु लुकाकुको समान दुई गोलप्रेरित इन्टरले गएराति शाख्तर डोनेस्कलाई ५–० ले पराजित गर्दै युरोपा लिगको फाइनलमा स्थान बनाएको हो।इन्टरले १९औं मिनेटमा मार्टिनेजको गोलबाट अग्रता लिएको थियो। ६४औं मिनेटमा ड्यानिलो डी’एब्रोसियोले अग्रता दोब्बर बनाए। ७४ मिनेटमा मार्टिनेजले व्यक्तिगत दोस्रो गोल गरे। लुकाकुले ७८औं मिनेटमा अर्को गोल थपे। खेल सकिन ६ मिनेट बाँकी रहँदा लुकाकुले व्यक्तिगत दोस्रो गोल गरे।

">