काठमाडौं। काठमाडौं जिल्ला तेक्वान्दो संघले भदौ १३ गतेबाट प्रथम काठमाडौं भर्चुअल राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपको आयोजना गर्ने भएको छ।
दुई दिनसम्म चल्ने प्रतियोगितामा करिब पाँच सय खेलाडीको सहभागिता हुने अपेक्षा गरिएको आयोजक संघका अध्यक्ष अशोक खड्काले बताए।
प्रतियोगितामा पुरुष र महिलामा समान ६-६ गरी १२ स्पर्धामा प्रतिस्पर्धा हुनेछ।
यु–१२, यु–१५, यु–१८, ३१ वर्ष मुनि, ४० वर्ष मुनि र ४१ वर्षमाथि उमेर समूहमा प्रतिस्पर्धा हुने आयोजकले जनाए।
प्रतियोगितामा पुम्से विधामा मात्र प्रतिस्पर्धा हुनेछ। त्यसका लागि खेलाडीले भदौ ११ र १२ गतेमा आफूले प्रदर्शन गरेको श्रव्यदृश्य पठाइ सक्नु पर्नेछ।
प्रतियोगितामा खड्कासहित नोर्बु लामा, मीन न्यौपाने, हीराबहादुर थापा र विक्रम खड्गीले निर्णायकको भूमिका निर्वाह गर्नेछन्। खड्का २० गते कार्यवाहक अध्यक्षमा नियुक्त भएका थिए। उनी कार्यवाहक अध्यक्ष भएपछि पहिलो प्रतियोगिता हुन लागेको हो।
" /> काठमाडौं। काठमाडौं जिल्ला तेक्वान्दो संघले भदौ १३ गतेबाट प्रथम काठमाडौं भर्चुअल राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपको आयोजना गर्ने भएको छ।दुई दिनसम्म चल्ने प्रतियोगितामा करिब पाँच सय खेलाडीको सहभागिता हुने अपेक्षा गरिएको आयोजक संघका अध्यक्ष अशोक खड्काले बताए।

">