काठमाडाैं। नेपाल कराते महासंघमा लामो समय कार्यालय सचिवका रूपमा काम गरेका पूर्व खेलाडी राजेन्द्र क्षेत्रीलाई सोमबार नगदसहित सम्मान गरिएको छ।
१३औं दक्षिण एसियाली खेलकुद (साग) का प्रशिक्षकहरू मिलेर क्षेत्रीलाई नगद २५ हजारसहित सम्मान गरेका हुन्।
सोही अवसरमा सागमा दोहोरो स्वर्ण पदक जित्न सफल करातेका मन्डेकाजी श्रेष्ठले पनि व्यक्तिगतरूपमा क्षेत्रीलाई पाँच हजार रूपैयाँ नगद प्रदान गरे।
क्षेत्रीको आँखा र मुटुमा समस्यामा रहेको करातेका मुख्य प्रशिक्षक मदन उप्रेतीले बताए।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइराला र सदस्य-सचिव रमेशकुमार सिलवाललाई बधाई तथा शुभकामना दिनका लागि आयोजना गरिएको कार्यक्रममा क्षेत्रीलाई नगद र मायाको चिनो प्रदान गरिएको थियो।
कार्यक्रममा नेपाल कराते महासंघ उपाध्यक्ष पुरेन्द्रविक्रम लाखेले कोइराला र सिलवाललाई मायाको चिनो हस्तान्तरण गरेका थिए।
सोही अवसरमा १३औं सागमा निर्णायकको भूमिका निर्वाह गरेका नेपाली एकेएफ रेफ्रीहरू राम लामा, राजेन्द्र कपाली, महेश रन्जित, छत्र आले, ध्रुवविक्रम मल्ल र विआर मित्रलाई पनि मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो।
" /> काठमाडाैं। नेपाल कराते महासंघमा लामो समय कार्यालय सचिवका रूपमा काम गरेका पूर्व खेलाडी राजेन्द्र क्षेत्रीलाई सोमबार नगदसहित सम्मान गरिएको छ।१३औं दक्षिण एसियाली खेलकुद (साग) का प्रशिक्षकहरू मिलेर क्षेत्रीलाई नगद २५ हजारसहित सम्मान गरेका हुन्।

">