काठमाडौं। बार्सिलोनाका अध्यक्ष जोसेप बार्टोमेउले मुख्य प्रशिक्षक क्विक सेटिनलाई बर्खास्त भएको बताएका छन्। च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा बायर्न म्युनिखसँग लज्जास्पद पराजय बेहोरेपछि बार्सिलोनाले मुख्य प्रशिक्षक सेटिनलाई बर्खास्त गर्ने निर्णय गरेको हो।
बार्सिलोना शुक्रबार राति जर्मन बुन्डेसलिगाको क्लब बायर्नसँग ८–२ ले पराजित भएको थियो। बार्सिलोनाले आठ गोल खाएको १९४६ पछि यो पहिलो पटक हो। यससँगै बार्सिलोना यस सिजन उपाधिबिहीन बन्यो। क्लबका अध्यक्ष बार्टोमेउले गएराति फुटबल निर्देशक इरिक एबिडल र उपाध्यक्ष रोमन प्लानेसलाई भेटेका थिए।
उनले सेटिन बर्खास्त भएको बताएका थिए। बार्सिलोनाले आज दिउँसो पत्रकार सम्मेलन गरेर आधिकारिक रूपमा सार्वजनिक गर्ने बताइएको छ। बार्सिलोनाका अध्यक्ष बार्टोमेउले हिजो टेम्पो डी जुइगोसँग भनेका छन्, “सेटिन बाहिरिसके।” सेटिन गत जनवरीमा मात्र बार्सिलोनाका प्रशिक्षकमा नियुक्त भएका थिए। उनले अर्नेस्टो भाल्भार्डेलाई प्रतिस्थापन गरेका थिए। स्पेनिस ला लिगामा चीर प्रतिद्वन्द्वी रियालम मड्रिडसँग पछि परेपछि सेटिन बर्खास्त हुने अनुमान गरिएको थियो।
सेटिनको स्थानमा नेदरल्यान्ड्सका प्रशिक्षक रोनाल्ड कोम्यान, टोटेनह्यामका पूर्वप्रशिक्षक माउसियो पोचेट्टिनो र बार्सिलोनाका पूर्वमिडफिल्डर जाभी हर्नान्डेजमध्ये एकले लिने चर्चा छ। त्यसमध्ये एभर्टनका पूर्वप्रशिक्षक कोम्यान अग्रपंक्तिमा रहेको बताएको छ।बार्सिलोनाका स्टार लियोनल मेसीले क्याटलान क्लब छाड्न चाहेको समाचार आएलगत्तै बार्सिलोनाले मुख्य प्रशिक्षक सेटिनलाई बर्खास्त गर्ने निर्णय गरेको हो।
" /> काठमाडौं। बार्सिलोनाका अध्यक्ष जोसेप बार्टोमेउले मुख्य प्रशिक्षक क्विक सेटिनलाई बर्खास्त भएको बताएका छन्। च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा बायर्न म्युनिखसँग लज्जास्पद पराजय बेहोरेपछि बार्सिलोनाले मुख्य प्रशिक्षक सेटिनलाई बर्खास्त गर्ने निर्णय गरेको हो।बार्सिलोना शुक्रबार राति जर्मन बुन्डेसलिगाको क्लब बायर्नसँग ८–२ ले पराजित भएको थियो। बार्सिलोनाले आठ गोल खाएको १९४६ पछि यो पहिलो पटक हो। यससँगै बार्सिलोना यस सिजन उपाधिबिहीन बन्यो। क्लबका अध्यक्ष बार्टोमेउले गएराति फुटबल निर्देशक इरिक एबिडल र उपाध्यक्ष रोमन प्लानेसलाई भेटेका थिए।

">