काठमाडौं। इटालियन क्लब इन्टर मिलान २०१० पछि पहिलो पटक युरोपियन क्लब प्रतियोगिताको फाइनल पुग्ने लक्ष्यमा छ। त्यसका लागि इन्टरले आज राति युक्रेनको क्लब शाख्तर डोनेस्कसँग प्रतिस्पर्धा गर्दैछ।
इन्टरले यसअघि २०१० मा युईएफए च्याम्पियन्स लिगको उपाधि जितेको थियो। इन्टरका लागि बेल्जियमका स्ट्राइकर रोमेलु लुकाकुको प्रदर्शन महत्वपूर्ण हुनेछ। लुकाकुले क्वार्टरफाइनलमा बायर लेभरकुसेनलाई २-१ हराउँदा पनि गोल गरेका थिए। लुकाकुले अन्तिम १६ मा गेटाफेलाई पराजित गर्दा पनि गोल गरेका थिए।
शाख्तर २००९ को विजेता हो। शाख्तरले क्वार्टरफाइनलमा बासेललाई ४-१ ले पराजित सेमिफाइनलमा स्थानमा बनाएको हो। बासेलको रक्षापंक्ति मजबुत मानिन्छ। विजेता टीमले शुक्रबार उपाधिका लागि स्पेनको सेभियाविरुद्ध खेल्नेछ।
पाँच पटकको विजेता सेभियाले गएराति सम्पन्न पहिलो सेमिफाइनलमा म्यानचेस्टर युनाइटेडलाई २-१ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।
" /> काठमाडौं। इटालियन क्लब इन्टर मिलान २०१० पछि पहिलो पटक युरोपियन क्लब प्रतियोगिताको फाइनल पुग्ने लक्ष्यमा छ। त्यसका लागि इन्टरले आज राति युक्रेनको क्लब शाख्तर डोनेस्कसँग प्रतिस्पर्धा गर्दैछ।इन्टरले यसअघि २०१० मा युईएफए च्याम्पियन्स लिगको उपाधि जितेको थियो। इन्टरका लागि बेल्जियमका स्ट्राइकर रोमेलु लुकाकुको प्रदर्शन महत्वपूर्ण हुनेछ। लुकाकुले क्वार्टरफाइनलमा बायर लेभरकुसेनलाई २-१ हराउँदा पनि गोल गरेका थिए। लुकाकुले अन्तिम १६ मा गेटाफेलाई पराजित गर्दा पनि गोल गरेका थिए।

">