काठमाडौं। युरोपा लिगमा गएराति सेभियासँग २–१ ले पराजित भएपछि म्यानचेस्टर युनाइटेडले यस सिजन प्रतियोगिताको सेमिफाइनलबाट बाहिरिनेमा ह्याट्रिक गरेको छ। युनाइटेड यसअघि एफए कप र लिग कपमा पनि सेमिफाइनलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो।

युनाइटेड लिग कपमा शहरी प्रतिद्वन्द्वी म्यानचेस्टर सिटी तथा एफए कपमा चेल्सीसँग पराजित भएको थियो। युरोपा लिगमा सेभियाविरुद्ध युनाइटेडले शुरूमै अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन। युनाइटेडले नवौं मिनेटमै ब्रुनो फर्नान्डेजको गोलबाट अग्रता लिएको थियो।

फर्नान्डेजले पेनाल्टीमा गोल गरेका थिए। सेभियाका डिएगो कार्लोसले मार्कुस राशफोर्डलाई फाउल गरेपछि युनाइटेडले पेनाल्टी अवसर पाएको थियो। त्यसलाई फर्नान्डेजले कुनै गल्ति नगरी गोलमा परिणत गरेका थिए। २६औं मिनेटमा सुसोले गरेको गोलबाट सेभियाले बराबरी गोल गरेको थियो।

खेल सकिन १२ मिनेट बाँकी रहँदा बैकल्पिक खेलाडी लुक डी जोङले गरेको गोल सेभियालाई फाइनलमा स्थान निर्णायक बन्यो। डी जोङ ५६औं मिनेटमा युसेफ एन नेसरीको स्थानमा मैदान छिरेका थिए। पाँच पटकको युरोपा लिग विजेता सेभियाले अब इन्टर मिलान र शाख्तर डोनेस्कबीचको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। युनाइटेडले भने अर्को महीनाबाट इङ्लिस प्रिमियर लिगको शुरूआत गर्नेछ।

" /> काठमाडौं। युरोपा लिगमा गएराति सेभियासँग २–१ ले पराजित भएपछि म्यानचेस्टर युनाइटेडले यस सिजन प्रतियोगिताको सेमिफाइनलबाट बाहिरिनेमा ह्याट्रिक गरेको छ। युनाइटेड यसअघि एफए कप र लिग कपमा पनि सेमिफाइनलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो।

युनाइटेड लिग कपमा शहरी प्रतिद्वन्द्वी म्यानचेस्टर सिटी तथा एफए कपमा चेल्सीसँग पराजित भएको थियो। युरोपा लिगमा सेभियाविरुद्ध युनाइटेडले शुरूमै अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन। युनाइटेडले नवौं मिनेटमै ब्रुनो फर्नान्डेजको गोलबाट अग्रता लिएको थियो।

फर्नान्डेजले पेनाल्टीमा गोल गरेका थिए। सेभियाका डिएगो कार्लोसले मार्कुस राशफोर्डलाई फाउल गरेपछि युनाइटेडले पेनाल्टी अवसर पाएको थियो। त्यसलाई फर्नान्डेजले कुनै गल्ति नगरी गोलमा परिणत गरेका थिए। २६औं मिनेटमा सुसोले गरेको गोलबाट सेभियाले बराबरी गोल गरेको थियो।

खेल सकिन १२ मिनेट बाँकी रहँदा बैकल्पिक खेलाडी लुक डी जोङले गरेको गोल सेभियालाई फाइनलमा स्थान निर्णायक बन्यो। डी जोङ ५६औं मिनेटमा युसेफ एन नेसरीको स्थानमा मैदान छिरेका थिए। पाँच पटकको युरोपा लिग विजेता सेभियाले अब इन्टर मिलान र शाख्तर डोनेस्कबीचको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। युनाइटेडले भने अर्को महीनाबाट इङ्लिस प्रिमियर लिगको शुरूआत गर्नेछ।

"> सेमिफाइनलबाट बाहिरिनमा युनाइटेडको ह्याट्रिक: Dekhapadhi
सेमिफाइनलबाट बाहिरिनमा युनाइटेडको ह्याट्रिक
काठमाडौं। युरोपा लिगमा गएराति सेभियासँग २–१ ले पराजित भएपछि म्यानचेस्टर युनाइटेडले यस सिजन प्रतियोगिताको सेमिफाइनलबाट बाहिरिनेमा ह्याट्रिक गरेको छ। युनाइटेड यसअघि एफए कप र लिग कपमा पनि सेमिफाइनलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो।

युनाइटेड लिग कपमा शहरी प्रतिद्वन्द्वी म्यानचेस्टर सिटी तथा एफए कपमा चेल्सीसँग पराजित भएको थियो। युरोपा लिगमा सेभियाविरुद्ध युनाइटेडले शुरूमै अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन। युनाइटेडले नवौं मिनेटमै ब्रुनो फर्नान्डेजको गोलबाट अग्रता लिएको थियो।

फर्नान्डेजले पेनाल्टीमा गोल गरेका थिए। सेभियाका डिएगो कार्लोसले मार्कुस राशफोर्डलाई फाउल गरेपछि युनाइटेडले पेनाल्टी अवसर पाएको थियो। त्यसलाई फर्नान्डेजले कुनै गल्ति नगरी गोलमा परिणत गरेका थिए। २६औं मिनेटमा सुसोले गरेको गोलबाट सेभियाले बराबरी गोल गरेको थियो।

खेल सकिन १२ मिनेट बाँकी रहँदा बैकल्पिक खेलाडी लुक डी जोङले गरेको गोल सेभियालाई फाइनलमा स्थान निर्णायक बन्यो। डी जोङ ५६औं मिनेटमा युसेफ एन नेसरीको स्थानमा मैदान छिरेका थिए। पाँच पटकको युरोपा लिग विजेता सेभियाले अब इन्टर मिलान र शाख्तर डोनेस्कबीचको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। युनाइटेडले भने अर्को महीनाबाट इङ्लिस प्रिमियर लिगको शुरूआत गर्नेछ।

प्रतिक्रिया दिनुहोस्