काठमाडौं। प्रिमियर लिगबाट रेलिगेशनमा परेको वाटफोर्डले भ्लादिमिर इभिचलाई नयाँ प्रशिक्षकमा नियुक्त गरेको छ। वाटफोर्डले इभिचसँग एक वर्षका लागि सम्झौता गरेको हो।
‘‘इङ्ल्यान्डमा पहिलोपटक यो जिम्मेवारीमा आएको छु। चाडोभन्दा चाडो यहाँको वातावरणमा घुलमिल हुनुपर्नेछ र क्लबका लागि राम्रो नतिजा निकाल्नु पर्नेछ। यो एक वर्षको समय मेरा लागि धेरै महत्वपूर्ण छ,’’ ४३ वर्षे इभिचलाई उदृत गर्दै वाटफोर्डको वेबसाइटमा भनिएको छ।
इभिचले इजरायलमा मक्काबी टेल अबिबबाट दुई पटक लिग उपाधि जितेका थिए। इभिचले पिएओकेबाट पनि ग्रिक कपको उपाधि जितेका छन्।
पाँच वर्षको बसाईपछि प्रिमियर लिगबाट रेलिगेशनमा परेपछि निगेल पिएर्सनले वाटफोर्डको प्रशिक्षकबाट राजीनामा दिएका थिए। एक वर्षको अवधिमा इभिच वाटफार्डको प्रशिक्षण सम्हाल्ने चोथो प्रशिक्षक हुन्। यसअघि जामी ग्रासिया, क्विक सान्चेज र पिएर्सनले वाटफोर्डको सम्हालेका थिए।
वाटफोर्डले सेप्टेम्बर १२ बाट च्याम्पियनसिप लिगको शुरूआत गर्नेछ।
" /> काठमाडौं। प्रिमियर लिगबाट रेलिगेशनमा परेको वाटफोर्डले भ्लादिमिर इभिचलाई नयाँ प्रशिक्षकमा नियुक्त गरेको छ। वाटफोर्डले इभिचसँग एक वर्षका लागि सम्झौता गरेको हो।‘‘इङ्ल्यान्डमा पहिलोपटक यो जिम्मेवारीमा आएको छु। चाडोभन्दा चाडो यहाँको वातावरणमा घुलमिल हुनुपर्नेछ र क्लबका लागि राम्रो नतिजा निकाल्नु पर्नेछ। यो एक वर्षको समय मेरा लागि धेरै महत्वपूर्ण छ,’’ ४३ वर्षे इभिचलाई उदृत गर्दै वाटफोर्डको वेबसाइटमा भनिएको छ।

">