काठमाडौं। इङ्ल्यान्ड र पाकिस्तानबीचको दोस्रो टेष्टको तेस्रो दिन वर्षाले प्रभावित बनेको छ। बर्षाका कारण हिजो एक बल पनि खेल नभएपछि दुई देशबीचको टेष्ट बराबरीमा टुंगिने सम्भावना बढेको छ।
टेष्टमा अब दुई दिनको खेल बाँकी हुँदा आज पनि खराब मौसम रहने अनुमान गरिएको छ। दोस्रो दिन सकिँदा पाकिस्तान पहिलो इनिङमा २२३–९ को स्थितिमा छ। भ्रमणकारी टीम पाकिस्तानका मोहम्मद रिजवान ६० तथा नासीम शाह एक रनको स्थितिमा छन्।
घरेलु टीमका जेम्स एन्डरसन र स्टुवार्ट ब्रोड दुवैले समान तीन विकेट लिएका छन् भने क्रिस वक्स र साम कुरानले एक एक विकेट लिएका छन्। पाकिस्तानका अबिद अलीले ६०, बाबर अजमले ४७ तथा कप्तान अजहर अलीले २० रन बनाएका थिए।
पहिलो टेष्टमा तीन विकेटको विजय हासिल गरेको इङ्ल्यान्डले तीन खेलको शृंखलामा १–० को अग्रता लिएको छ।
" /> काठमाडौं। इङ्ल्यान्ड र पाकिस्तानबीचको दोस्रो टेष्टको तेस्रो दिन वर्षाले प्रभावित बनेको छ। बर्षाका कारण हिजो एक बल पनि खेल नभएपछि दुई देशबीचको टेष्ट बराबरीमा टुंगिने सम्भावना बढेको छ।टेष्टमा अब दुई दिनको खेल बाँकी हुँदा आज पनि खराब मौसम रहने अनुमान गरिएको छ। दोस्रो दिन सकिँदा पाकिस्तान पहिलो इनिङमा २२३–९ को स्थितिमा छ। भ्रमणकारी टीम पाकिस्तानका मोहम्मद रिजवान ६० तथा नासीम शाह एक रनको स्थितिमा छन्।

">