काठमाडौं। गाब्रियल जिसस मैदानमै थचक्क बसेर रून थाले। म्यानचेस्टर सिटीको जर्सीले अनुहार छोपे पनि उनको पीडा ढाकिएको थिएन। रहिम स्टर्लिङको हालत पनि त्यो भन्दा फरक थिएन। उनी पनि मैदानमा लडेका थिए। आफ्नो दुई हातले आँखाको पीडा लुकाउने प्रयास गरिरहेका थिए।
दश वर्षपछि च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान बनाएको लियोनका खेलाडी खुशी मनाउनुभन्दा विपक्षी खेलाडीलाई सान्त्वना दिनमा व्यस्त भए। प्रतियोगितामा सबभन्दा महंगो टीम सिटी गएराति सातौं स्थानमा रहेर फ्रेन्च लिगको अन्त्य गरेको लियोनसँग ३-१ ले स्तब्ध बन्यो।

‘‘यो अविश्सनीय हो किनभने हामी आश्यर्चचकित टीम हौं,’’ लियोनका गोलकिपर एन्थोनी लोपसले भने, ‘‘हामी यहाँसम्म आइपुग्छौं भनेर धेरैले कल्पना गरेका थिएनन्।’’ लियोनले अब सेमिफाइनलमा जर्मन बुन्डेसलिगाको क्लब बायर्न म्युनिखसँग प्रतिस्पर्धा गर्नेछ। पहिलो पटक युरोपियन च्याम्पियन बन्ने सिटीको सपना भने फेरि एकपटक चकनाचुर भएको छ।
‘‘यसबाट पाठ सिक्नुपर्छ। हामीले गरेको मिहिनेत पर्याप्त भएन,’’ सिटीका मिडफिल्डर केभिन डी ब्रुयनाले भने, ‘‘वर्ष फरक तर नतिजा एउटै।’’ २०११ पछि च्याम्पियन्स लिगको उपाधि जित्न सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाको पर्खाई पनि लम्बिएको छ। सिटी आउनुअघि ग्वार्डिओलाले बायर्नबाट पनि तीन वर्ष उपाधि जित्न सकेका थिएनन्।

प्रिमियर लिगको दोस्रो स्थानमा रहेको सिटीले यस सिजन लिग कपको उपाधिमा मात्र चित्त बुझाउनु पर्याे। म्याक्वेल कर्नेटले २४औं मिनेटमा गरेको गोलबाट लियोनले अग्रता लिएको थियो। ६९औं मिनेटमा डी ब्रुयनाले बराबरी गोल फर्काएका थिए। ७९औं मिनेटमा मोउसा डेम्बेलेको गोलबाट लियोनले पुन: अग्रता लियो।
खेल सकिन तीन मिनेट बाँकी रहँदा डेम्बेलेले अर्को गोल थप्दै लियोनको जित पक्का गरेका थिए। यससँगै १९९६ पछि च्याम्पियन्स लिगको सेमीफाइनलमा इङ्ल्यान्ड र स्पेनको कुनै पनि टीमले प्रतिस्पर्धा गर्नेछैनन्। सेमिफाइनलमा जर्मनी र फ्रान्सका समान दुई टीमले प्रतिस्पर्धा गर्नेछन्। लाइपजिगले पिएसजीसँग प्रतिस्पर्धा गर्नेछ भने बायर्नले लियोनसँग खेल्नेछ।
" /> काठमाडौं। गाब्रियल जिसस मैदानमै थचक्क बसेर रून थाले। म्यानचेस्टर सिटीको जर्सीले अनुहार छोपे पनि उनको पीडा ढाकिएको थिएन। रहिम स्टर्लिङको हालत पनि त्यो भन्दा फरक थिएन। उनी पनि मैदानमा लडेका थिए। आफ्नो दुई हातले आँखाको पीडा लुकाउने प्रयास गरिरहेका थिए।दश वर्षपछि च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान बनाएको लियोनका खेलाडी खुशी मनाउनुभन्दा विपक्षी खेलाडीलाई सान्त्वना दिनमा व्यस्त भए। प्रतियोगितामा सबभन्दा महंगो टीम सिटी गएराति सातौं स्थानमा रहेर फ्रेन्च लिगको अन्त्य गरेको लियोनसँग ३-१ ले स्तब्ध बन्यो।

">