काठमाडौं। गएराति बार्सिलोनालाई ८-२ को फराकिलो नजितामा स्तब्ध गरेको बायर्न म्युनिख नकआउट चरणको एउटै खेलमा आठ गोल गर्ने पहिलो क्लब बन्दै च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ। पोर्चुगलको लिस्बोनमा भएको खेलमा पाँच पटकको विजेता बार्सिलोनामाथि हाबी बनेको बायर्नले कीर्तिमानै–कीर्तिमान बनाएको छ।
तर, अर्काेपट्टी बार्सिलोनाले १९४६ पछि पहिलो पटक ८ गोल खाएर खराब कीर्तिमान बनाएको छ। यसअघि १९४६ मा कोपा डेल रेको अन्तिम–१६ मा सेभियाले बार्सिलोनालाई ८–० ले पराजित गरेको थियो। जारी सिजन डीएफबी पोकल र बुन्डेसलिगा उचाली सकेको बायर्न च्याम्पियन्स लिगसहित ‘ट्रेबल’ जित्ने दाउमा छ। क्वार्टरफाइनलमा लियोनेल मेस्सीको बार्सिलोनालाई ८ गोल हानेको बायर्नले दुई खेल अगावै उपाधिमा बलियो दाबेदारी प्रस्तुत गरेको छ।

बायर्नको रवाफिलो जितमा थोमस मुलर र फिलिपे कौटिन्हो दुई/दुई तथा इभान पेरिसिक, जोसुवा किमिच, रोबर्ट लेवान्डोस्की र सर्ज गिनाब्रीले एक/एक गोल गरे। पहिलो गोल बायर्नका रक्षक डेविड आलावाले आत्मघाती गोल गरे। बार्सिलोनाका लागि लुइस स्वारेजले एक गोल गरे।
जारी प्रतियोगिताका सर्वाधिक गोलकर्ता लेवान्डोस्की २०१८ पछि लगातार आठ खेलमा गोल गर्ने पहिलो खेलाडी बनेका छन्। २०१८ को अप्रिलमा पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले लगातार ११ खेलमा गोल गरेर कीर्तिमान बनाएका थिए। लेवान्डोस्कीले बायर्नबाट खेलेका ६० वटा च्याम्पियन्स लिगका खेलमा ५०औं गोल पनि गएराति पूरा गरे। यसअघि क्रिस्टियानो रोनाल्डो (रियाल मड्रिडका लागि ५० खेलमा ५० गोल) ले मात्रै यो भन्दा कम खेलमा यो सफलता हात पारेका थिए।
गत वर्षको नोभेम्बरमा बायर्नले निवर्तमान प्रशिक्षक निको कोभाकलाई बर्खास्त गरेपछि क्बलको नेतृत्व सम्हालेका हान्स डाइटर फ्लिकले पहिलो सिजनमै आफ्नो प्रभावशाली उपस्थिति दर्शाएका छन्। फ्लिक च्याम्पियन्स लिगका शुरूआती ६ खेल जित्ने तेस्रो प्रशिक्षक बनेका छन्। यसअघि फ्याबियो क्योपेलो १९९२–९३ र लुइस फर्नान्डेजले १९९४–९५ मा प्रशिक्षकको रूपमा शुरूआती ६ खेल जितेका थिए।

‘डेब्यू’ सिजनमै शुरूआती ६ खेलमा २६ गोल गर्ने बायर्नका प्रशिक्षक फ्लिक प्रतियोगिताको इतिहासमै पहिलो बनेका छन्। फ्लिकको नेतृत्वमा उत्कृष्ट लयमा रहेको बायर्नले सबैखाले प्रतियोगितामा गरी पछिल्ला १९ खेलमा जित निकालेको छ। यो कुनै जर्मन क्लबको इतिहासमा पहिलो पटक हो।
रवाफिलो जितसहित अन्तिम चारमा पुगेको बार्यनले आज राति हुने म्यानचेस्टर सिटी र लियोनबीचको विजेतासँग खेल्ने छ। बायर्नका लागि यो १२औं सेमिफाइनल हुनेछ। हालसम्म रियाल मड्रिडले मात्र योभन्दा बढी १३ पटक यहाँ सम्मको यात्रा तय गरेको छ।
" /> काठमाडौं। गएराति बार्सिलोनालाई ८-२ को फराकिलो नजितामा स्तब्ध गरेको बायर्न म्युनिख नकआउट चरणको एउटै खेलमा आठ गोल गर्ने पहिलो क्लब बन्दै च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ। पोर्चुगलको लिस्बोनमा भएको खेलमा पाँच पटकको विजेता बार्सिलोनामाथि हाबी बनेको बायर्नले कीर्तिमानै–कीर्तिमान बनाएको छ।तर, अर्काेपट्टी बार्सिलोनाले १९४६ पछि पहिलो पटक ८ गोल खाएर खराब कीर्तिमान बनाएको छ। यसअघि १९४६ मा कोपा डेल रेको अन्तिम–१६ मा सेभियाले बार्सिलोनालाई ८–० ले पराजित गरेको थियो। जारी सिजन डीएफबी पोकल र बुन्डेसलिगा उचाली सकेको बायर्न च्याम्पियन्स लिगसहित ‘ट्रेबल’ जित्ने दाउमा छ। क्वार्टरफाइनलमा लियोनेल मेस्सीको बार्सिलोनालाई ८ गोल हानेको बायर्नले दुई खेल अगावै उपाधिमा बलियो दाबेदारी प्रस्तुत गरेको छ।

">