विराटनगर। प्रदेश १ मा कोरोना परीक्षणको संख्या बढाइएको छ। प्रदेश १ मा आज एकैदिन २ हजार २०५ जनाको कोरोना परीक्षण भएको छ। प्रदेश १ मा एकैदिन परीक्षण भएको यो अहिलेसम्मकै धेरै संख्या हो।
आज प्रदेश १ मा ९५ जना कोरोना संक्रमित देखिएका छन् भने ३५ जना कोरोनामुक्त भएका छन्।
हालसम्म प्रदेश १ मा ६२ हजार ६५१ जनाको कोरोना परीक्षण भएकोमा १ हजार ८ सय २१ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। निको हुनेहरुको संख्या एक हजार ७५ रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
प्रदेश १ मा सबैभन्दा धेरै मोरङमा संक्रमण देखा परेको छ। त्यस्तै क्रमशः झापा, सुनसरी र उदयपुरमा संक्रमणको दर बढी छ।
" /> विराटनगर। प्रदेश १ मा कोरोना परीक्षणको संख्या बढाइएको छ। प्रदेश १ मा आज एकैदिन २ हजार २०५ जनाको कोरोना परीक्षण भएको छ। प्रदेश १ मा एकैदिन परीक्षण भएको यो अहिलेसम्मकै धेरै संख्या हो।आज प्रदेश १ मा ९५ जना कोरोना संक्रमित देखिएका छन् भने ३५ जना कोरोनामुक्त भएका छन्।

">