काठमाडौं। प्रिमियर लिगको प्रतिद्वन्द्वी चेल्सीबाट स्वतन्त्र भएका ब्राजिली विंगर विलियनलाई आर्सनलले तीन वर्षका लागि भित्र्याएको छ।
चेल्सीसँगको सम्झौता अवधि सकिएपछि विलियनले स्वतन्त्र सरुवा प्रणालीअन्तर्गत आर्सनलसँग सम्झौता गरेका हुन्।
आइतबार ३२औं वर्षमा प्रवेश गरेका विलियनले चेल्सीसँगको सात वर्षे सम्बन्धमा गत साता पूर्णविराम लगाएको घोषणा गरेका थिए।
चेल्सीले आर्सनलविरुद्ध खेलेको एफए कपको फाइनलमा चोटका कारण विलियन मैदान उत्रिएका थिएनन्। चेल्सीका मुख्य प्रशिक्षक फ्रयांक लाम्पार्डले विलियनलाई दुई वर्षको लागि सम्झौता नवीकरण गर्ने प्रस्ताव गरेका थिए। तर, आर्सनलले एक वर्ष बढीको प्रस्ताब गरेकाले उनले मिकेल आर्टेटाको टोली रोजेको बताइएको छ।
ओप्टाको तथ्यांकअनुसार २०१९-२० को सिजन स्टामफोर्ड ब्रिजमा विलियनका लागि सबभन्दा सफल साबित भएको थियो। बितेको सिजनमा उनले ९ गोल आफैं गर्नुका साथै सात गोलका लागि अवसर सिर्जना गरेका थिए।
आर्सनलमा १२ नम्बरको जर्सी पाएका विलियनले नयाँ क्लबबाट बढी भन्दा बढी सफलताका लागि आफ्नो तर्फबाट शतप्रतिशत मेहनत गर्ने प्रतिबद्धता जनाएका छन्।
“आर्सनलजस्तो एउटा महान क्लबसँग जोडिन पाउँदा मलाई खुसी लागेको छ। आर्सनल एउटा समृद्ध इतिहास बोकेको क्लब हो। मैले आगामी दिनमा यो क्लबको हिस्सा भएपछि त्यहीअनुसारको सफलतामा योगदान गर्दै समर्थकलाई खुसी पार्ने प्रयास गर्नेछु,” इमिरेट्स रंगशालामा सम्झौता गरेपछि उनले भने।
" /> काठमाडौं। प्रिमियर लिगको प्रतिद्वन्द्वी चेल्सीबाट स्वतन्त्र भएका ब्राजिली विंगर विलियनलाई आर्सनलले तीन वर्षका लागि भित्र्याएको छ।चेल्सीसँगको सम्झौता अवधि सकिएपछि विलियनले स्वतन्त्र सरुवा प्रणालीअन्तर्गत आर्सनलसँग सम्झौता गरेका हुन्।

">