दोस्रो टेष्टको पहिलो दिन पाकिस्तान संघर्षरत

काठमाडौं। जेम्स एन्डरसनले दुई विकेट लिएपछि पाकिस्तानविरुद्ध दोस्रो टेष्टको पहिलो दिन इङ्ल्यान्डले राम्रो शुरूआत गरेको छ।

वर्षाले प्रभावित साउथह्याम्पटनमा जारी दोस्रो टेष्टको पहिलो दिन सकिँदा पाकिस्तान १२६/५ रनको स्थितिमा छ। पाकिस्तानका बाबर आजम २५ तथा मोहम्मद रिजवान ४ रनको अवस्थामा छ।

वर्षाले प्रभावित भएपछि ४५.४ ओभरको खेलमात्र सम्भव भएको थियो। इङ्ल्यान्ड बलरले दुई पटक क्याच छुटाएको अबिद अलीले १११ बलमा ६० रन बनाए। कप्तान अजहर अलीले २०, असद शफिकले पाँच, शान मसूदले एक रन बनाउँदा फावद आलमले रन जोड्न सकेनन्।

म्यानचेस्टरमा सम्पन्न पहिलो टेष्टमा विकेटका लागि संघर्ष गरेका एन्डरसनले दुई विकेट लिए। उनले मासूद र अजहरलाई पवेलियनको बाटो देखाए। स्टुवार्ट ब्रोड, साम कुरान र क्रिस वक्सले एक एक विकेट लिए।

पहिलो टेष्ट इङ्ल्यान्डले तीन विकेटले जितेको थियो। उक्त जीतसँगै तीन खेलको टेष्ट शृंखलामा इङ्ल्यान्डले १-० का अग्रता लिएको छ।

प्रतिक्रिया दिनुहोस्