राष्ट्रिय फुटबल टीमका एक खेलाडीमा कोरोना पोजिटिभ
काठमाडौं। राष्ट्रिय फुटबल टीमका एक खेलाडीको कोभिड-१९ परिक्षणको नतिजा पोजेटिभ आएको छ।

गत मंगलबार स्वाब संकलन गरिएका २९ खेलाडी र टिम अफिसियल मध्येका एक जनाको कोभिड-१९ परिक्षण पोजेटिभ आएको एन्फा उच्च स्रोतले देखापढीलाई बतायो। तथापी खेलाडीको नाम भने सार्वजनिक गरिएको छैन।

“एक जना खेलाडीको कोभिड-१९ परिक्षणको नातिजा पोजेटिभ आएको छ,” एन्फा स्रोतले भन्यो। बाँकी खेलाडीको नतिजा भने नेगेटिभ आएको छ।

मंगलबार तेज तामाङ, विकेश कुथु, आशिष लामा, अजित भन्डारी, एरिक विष्ट, सेसेहाङ आङदेम्बे, विक्रम लामा, अमित तामाङ, सुमन अर्याल, भरत खवास, सरोज दहाल, अभिषेक रिजाल, सुवास गुरुङ, अनन्त तामाङ, सुनिल बल, अञ्जन विष्ट, नवयुग श्रेष्ठ, विशाल श्रेष्ठ, रोहित चन्द, किरण चेमजोङ, विकास खवास, जर्जप्रिन्स कार्की र सुजल श्रेष्ठको स्वाब संकलन गरिएको थियो।

त्यस्तै अफिसियलमा टीम व्यवस्थापक मधुसुधन उपाध्याय, कृष्णभक्त मानन्धर, विकास मल्ल, विवेक सुवेदी, युजल श्रेष्ठ र राजु डंगोलको स्वाब संकलन गरिएको छ।

तथापी, राष्ट्रिय टोलीका व्यवस्थापक मधुसुदन उपाध्यायले अझैसम्म कसैमा कोरोना संक्रमण पुष्टि भइनसकेको बताए।

"एक जनाको रिपोर्ट पेन्डिङमा छ। तर, पोजेटिभ भन्ने होइन। भोली म अस्पताल गएर बुझ्छु" देखापढीसँग उपाध्यायले भने।

प्रतिक्रिया दिनुहोस्