काठमाडौं। फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को छनोट प्रतियोगिताका लागि भदौ १ गतेबाट सुरु हुने भनिएको नेपाली राष्ट्रिय फुटबल टीमको प्रशिक्षण फेरि स्थगित भएको छ।
प्रतियोगिता खेल्ने राष्ट्रमा कोभिड–१९ संक्रमितको संख्या बढ्न थालेपछि एसियाली फुटबल महासंघले आज फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ छनोट प्रतियोगिताको मिति २०२० सम्म नहुने गरी सारेपछि नेपालको तयारी पनि सरेको हो।
“प्रतियोगिता नै स्थगित भएको अवस्थामा अब राष्ट्रिय टीमको प्रशिक्षण पनि स्थगित हुन्छ,” अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव इन्द्रमान तुलाधरले भने, “तर अब कहिलेबाट स्थगित हुन्छ भन्ने तय भइसकेको छैन। पीसीआरको नतिजा आउन बाँकी छ। बेलुकासम्म थप जानकारी आउँछ।”
यसअघि एएफसीले जुन ५ मा एसियाली छनोट प्रतियोगिता २०२० को अक्टोबर र नोभेम्बरका लागि तय गरेपछि एन्फाले भदौ १ गतेबाट प्रशिक्षण गर्ने तयारी गरेको थियो। एन्फाले गत सोमबार र मंगलबार खेलाडी, प्रशिक्षक तथा अन्य कर्मचारीको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरेको थियो।
एएफसीले छनोट प्रतियोगिता २०२१ मा हुने भने पनि खेल तालिका भने सार्वजनिक गरेको छैन। फिफा विश्वकप कतार तथा एसियन कप चीनमा हुनेछ।
एएफसीले यसअघि सार्वजनिक गरेको तालिकाअनुसार नेपालले अक्टोबर ८ मा चाइनिज ताइपेई र अक्टोबर १३ मा अस्ट्रेलियाविरुद्ध घरेलु मैदानमा प्रतिस्पर्धा गर्दै थियो। त्यस्तै नेपालले नोभेम्बर १२ मा जोर्डनविरुद्ध खेल्ने तालिका थियो।
समूह ‘बी’ मा रहेको नेपाल तीन अंकका साथ चौथो स्थानमा छ। नेपालको समूहमा अस्ट्रेलिया १२ अंकका साथ शीर्ष स्थानमा छ। समान १० अंक जोडेको कुवेत र जोर्डन क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। कुनै अंक नजोडेको चाइनिज ताइपेई पाँचौं स्थानमा छ।
" /> काठमाडौं। फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को छनोट प्रतियोगिताका लागि भदौ १ गतेबाट सुरु हुने भनिएको नेपाली राष्ट्रिय फुटबल टीमको प्रशिक्षण फेरि स्थगित भएको छ।प्रतियोगिता खेल्ने राष्ट्रमा कोभिड–१९ संक्रमितको संख्या बढ्न थालेपछि एसियाली फुटबल महासंघले आज फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ छनोट प्रतियोगिताको मिति २०२० सम्म नहुने गरी सारेपछि नेपालको तयारी पनि सरेको हो।

">