काठमाडौं। मध्यपूर्वी एसियाको कतारमा हुने विश्वकप छनोट प्रतियोगिताका लागि नेपाली टीम अहिले प्रशिक्षण सुरु गर्ने तयारीमा छ। त्यो टीमका सबभन्दा भरपर्दा खेलाडी हुन्, रोहित चन्द।

वर्तमान नेपाली फुटबलमै सबभन्दा भरपर्दा र उच्चस्तरीय फुटबलको अनुभव भएका खेलाडी रोहित हुन्।

मैदानमा रोहितको मुख्य पोजिसन मिडफिल्ड हो। रोहित आवश्यक परेको अवस्थामा आक्रमण बुन्न पनि सक्ने र टीमलाई गाह्रो पर्दा रक्षापंक्तिलाई सघाउन तलसम्म झरेर खेल्न सक्छन्।

आधुनिक फुटबलमा चलेको ‘बक्स टु बक्स’ पोजिसन त नेपाली टिममा रोहितकै लागि बनेको भन्न हिच्किचाउनु पर्दैन। त्यसैले त नेपालमा आएका कुनै पनि प्रशिक्षक ‘भर्सटाइल’ रोहितलाई टीमबाट गुमाउन चाहँदैनन्। बलमाथि गज्जबको आत्मविश्वासका कारण फुटबल विज्ञ रोहितलाई ‘नेपालको एक्ट्रा अर्डिनरी खेलाडी’ भन्छन्।

संसारभर फैलिएको कोभिड-१९ महामारीका कारण फुटबल सबभन्दा मारमा पर्‍यो। किनकी यो ‘मास गेम’ थियो। झन्डै तीन महिनाको स्थगनपछि अन्तर्राष्ट्रिय फुटबल फर्किएको छ। विश्वकप छनोट प्रतियोगितामार्फत् नेपाली फुटबल पनि पुनरागमनको प्रयासमा छ।

एएफसीको नयाँ तालिकाअनुसार नेपालले अब अक्टोबर ८ मा चाइनिज ताइपेई र अक्टोबर १३ मा एसियाली महारथी अस्ट्रेलियालाई दशरथ रंगशालामा निम्त्याउनेछ। त्यस्तै नोभेम्बर १२ मा नेपालले रंगशालामा जोर्डनविरुद्ध खेल्नेछ।

त्यसैको तयारीका लागि नेपाली टीमले भदौं १ गतेबाट बन्द प्रशिक्षण थाल्दैछ। पाँच महिनाको अन्तरालपछि मैदानमा फर्किन पाउँदा रोहित उत्साहित छन्। भन्छन्, “खेलाडीका रूपमा यो सबैभन्दा खुसीको क्षण हो। लामो समय फुटबल खेल्न नपाएको भएर होला भित्रैबाट कहिले खेलौं, कहिले खेलौं भएको छ। हामी खेलाडी सबै एकदम उत्साहित छौं।”

विश्वकप छनोट प्रतियोगितामा नेपालको प्रदर्शन सन्तोषजनक छैन। समूह ‘बी’ मा रहेको नेपालले अब तीन खेलमात्र खेल्न बाँकी छ। ९ अंकको खेल बाँकी हुँदा नेपाल अहिले पाँच अंकका साथ चौथो स्थानमा छ।

चार खेलबाट १२ अंक जोडेको अस्ट्रेलिया शीर्ष स्थानमा छ। समान १० अंक जोडेको कुवेत र जोर्डन क्रमशः दोस्रो र तेस्रो स्थानमा छ। नेपालभन्दा तल चाइनिज ताइपेई छ। ताइपेईले अंक जोड्न सकेको छैन।

विश्वकप छनोटमा अघि बढ्ने आशा सकिए पनि रोहितले नेपाललाई एसियन कप छनोट प्रतियोगितामा उभ्याउने आशा मारेका छैनन्। बाँकी खेलमा राम्रो नतिजा निकाल्न सके चीनमा हुने एसिया कपको छनोट प्रतियोगिताको अघिल्लो चरणमा पुग्ने आशामा छन्, रोहित।

“हामी चाइनिज ताइपेईभन्दा माथि नै छौं। घरेलु मैदानमा उनीहरूलाई हराउने हो भने एसियन कप छनोटको अर्को चरणमा पुग्ने सम्भावना कायमै हुन्छ,” रोहितले भने, “विश्वकप खेलिसकेको अस्ट्रेलिया हाम्रो लागि कठिन प्रतिद्वन्द्वी हो। तर मैदानमा त ११ विरुद्ध ११ नै हुन्छ। त्यसैले केही भन्न सकिँदैन। जोर्डनसँग चाँहि मिहिनेत गर्‍यौं भने राम्रो नतिजा आउन सक्छ।”

नेपाल गत वर्ष पहिलो लेगमा अस्ट्रेलियासँग उसकै मैदानमा ५-० को नतिजामा पराजित भएको थियो। नेपाल जोर्डनसँग ३-० ले पराजित भएको थियो।

कुवेतसँग पहिलो खेलमा ७-० ले पराजित भएको नेपाल भुटानमा सम्पन्न दोस्रो खेलमा १-० ले पराजित भएको थियो। नेपालले चाइनिज ताइपेईलाई भने २-० ले पराजित गरेको थियो। नेपालले अब सबै खेल घरेलु मैदानमा खेल्नेछ। तर दुखद् कुरा नेपाली राष्ट्रिय टीमले बाह्रौं खेलाडीको साथ नपाउन सक्छ।

कोभिड-१९ का कारण रंगशाला दर्शक प्रवेशमा रोक लगाइएको छ। त्यसैले छनोट प्रतियोगिताका बाँकी खेल नेपालमै भए पनि खाली रंगशालामा खेल्नुपर्नेछ। २०७२ सालमा गएको भूकम्पको क्षतिका कारण दशरथ रंगशालमा गत मंसिरबाट मात्र फुटबल फर्किएको हो।

१३औं सागमा नेपाली फुटबल टीम मैदान उत्रँदा रंगशालामा टेक्ने ठाउँ थिएन। तर, रोहित सागको टीममा थिएनन्।

दशरथ रंगशालाको त्यो माहोल अनुभूत गर्न रोहितलाई अझै लामो समय कुनुपर्ने देखिन्छ।

घरेलु मैदान भए पनि दबाब भने कायम रहने रोहित बताउँछन्। भन्छन्, “होम ग्राउण्डमा खेल्दैछौं। सम्भवतः हामीले खाली मैदानमै खेल्नुपर्छ। १२औं खेलाडी भनिने दर्शकको साथ हामीले नपाउन सक्छौं। तर होम ग्राउन्ड भए पनि हामीलाई दबाब महसुस हुन्छ।”

लामो समयको अन्तरालपछि मैदानका फर्किन लागेका कारण रोहितलाई पुरानो लय समाउन सक्दिनँ कि भन्ने चिन्ता छ। यस्तो अवस्थामा महत्वपूर्ण खेल अगाडि खेलाडी घाइते हुने हो कि भन्ने डर पनि छ, रोहितलाई।

“एकैपटक मैदानमा खेल्न गाह्रो हुन्छ। आफ्नो फर्मलाई कायम राख्न पनि गाह्रो हुन्छ। लामो समयको अन्तरालपछि खेल्न लागेका कारण खेलाडीमा घाइते हुने सम्भावना पनि उत्तिकै हुन्छ,” रोहितले देखापढीसँग भने, “हाम्रो लागि यो एकदम कठिन समय हो। अब प्रशिक्षण सुरू गरेर मिहिनेत गरेपछि लय चाँहि विस्तारै आउँछ। तर त्यसको लागि अलि समय भने लाग्छ।”

सरकारले चैत ४ गतेबाट सम्पूर्ण खेलकुद गतिविधि रोक्न सम्बन्धित निकायलाई निर्देशन दिएपछि एन्फाले सोही दिनबाट राष्ट्रिय टीमको प्रशिक्षण बन्द गरेको थियो। चैत ११ गतेबाट सरकारले लकडाउन घोषणा गरेको थियो। त्यतिबेला रोहित इन्डोसियामा थिए।

कोभिड-१९ का कारण इन्डोनेसियामा पनि पेरसिजा जाकार्तामा अनुबन्धित रोहित नेपाल फर्कने तरखरमा थिए। तर नेपालमा लकडाउन घोषणा भएपछि उनी इन्डोनेसियामै रोकिए।

“त्यतिबेला न खेल भयो न प्रशिक्षण। अपार्टमेन्टमा एक्लै बस्नुपर्‍यो। त्यो समय मलाई दिन बिताउन धेरै कठिन भयो,” रोहितले अनुभव सुनाए, “हुन त पहिले पनि एक्लै बस्ने हो। तर प्रशिक्षण पनि नहुने, खेल पनि नहुने, दैनिक वर्कआउट पनि हुन पाएन। दुई तीन महिनासम्म त्यसरी एक्लै बस्न गाह्रो हुने रैछ।”

तथापि रोहितले अपार्टमेन्टमै बिहान बेलुका ‘सेल्फ वर्कआउट’ गर्न भने छाडेनन्। फुर्सदको त्यो समयलाई उनले खाना पकाउने तथा पुस्तक पढेर सदुपयोग गरे।

एन्फा एकेडेमीका उत्पादन रोहितले २००९ मा मछिन्द्र क्लबबाट खेल्दै शीर्षस्तरको फुटबल करिअर सुरु गरेका थिए। १९ वर्षको उमेरमा पहिलो सिजनमै सनसनीपूर्ण प्रदर्शन गरेका रोहितले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा उत्कृष्ट रक्षकको पुरस्कार पाए।

लगत्तै २०१० मा रोहित भारतीय ‘आई’ लिगको टोली हल एससीमा अनुबन्धित भए। त्यहाँ दुई सिजन बिताएपछि उनको प्रतिभाको चर्चाले दक्षिण एसियाको सिमाना काटिसकेको थियो।

२०१२ मा इन्डोनेसियाको पीएसपीएस पेकान्बारुमा अनुबन्धित भएर उनले एक सिजन खेले। त्यसपछि लगत्तैको सिजनबाट दुई वर्षका लागि उनी पेरसिजामा अनुबन्धित भए। २०१६ मा मलेसियामा एक सिजन खेलेपछि रोहितले बीचमा केही समय नेपालको मनाङ मर्स्याङदी क्लबबाट पनि खेले। तर, रोहित फेरी पेरसिजा नै फर्किए। पेरसिजासँग रोहितको सम्झैता २०२१ सम्म छ।

इन्डोनिया र नेपाली फुटबलको स्तरबारे सोधिएको प्रश्नमा रोहित भन्छन्, “हुन त यहाँ फिफा वरीयता हेरिन्छ। जसमा इन्डोनेसिया नेपालभन्दा एक दुई स्थान तल नै होला। त्यसकारण सबैलाई नेपालको इन्डोनेसियाको स्तर तल छ भन्ने लाग्ला। तर इन्डोनेसियाको तुलाना हामी धेरै पछाडि छौं। त्यहाँको फ्यान कल्चर देखि लिएर सबै कुरामा हामी कमजोर छौं।

थाइल्यान्ड, मलेसियासँग त झन तुलना गर्नै सकिँदैन। त्यहाँको घरेलु संरचनाको स्तरमा पुग्न नेपाललाई धेरै टाइम लाग्छ।”

नेपाली फुटबलको भविष्यबारे रोहितले थपे, “अहिले नै नेपाली फुटबल एकदम राम्रो हुन्छ भनेर भन्न सकिँदैन। हाम्रो लिग एकदम छोटो हुन्छ। दुईतीन महिनामा सकिन्छ।

खासमा खेलाडीले लिग धेरै खेल्ने हो। हामी भने नकआउट प्रतियोगिता धेरै खेल्छौं। लिगलाई व्यवस्थित गर्दै अलि लामो बनाएर उपत्यका बाहिर पनि लान सकियो भने विस्तारै राम्रो गर्छ भन्ने आशा गर्न सकिन्छ।”

" /> काठमाडौं। मध्यपूर्वी एसियाको कतारमा हुने विश्वकप छनोट प्रतियोगिताका लागि नेपाली टीम अहिले प्रशिक्षण सुरु गर्ने तयारीमा छ। त्यो टीमका सबभन्दा भरपर्दा खेलाडी हुन्, रोहित चन्द।

"> ‘एक्स्ट्रा अर्डिनरी’ रोहितलाई एसियन कपको आशा (भिडिओसहित): Dekhapadhi
‘एक्स्ट्रा अर्डिनरी’ रोहितलाई एसियन कपको आशा (भिडिओसहित)

प्रतिक्रिया दिनुहोस्