काठमाडौं। नेपालमा गत मंसिरमा सम्पन्न तेह्रौं दक्षिण एशियाली खेलकुद (साग) मा स्वर्ण पदक विजेता पाकिस्तानी तीन खेलाडीको पदक खोसिएको छ। डोपिङ परीक्षणमा असफल भएपछि ती खेलाडीलाई चार वर्षको प्रतिबन्ध लगाइएको नेपाल ओलम्पिक कमिटीले जनाएको छ।
पुरुष १०० मिटर हर्डल्स स्पर्धाका स्वर्ण पदक विजेता मुहम्मद नाइम, ४०० मिटर हर्डल्समा स्वर्ण पदक विजेता मेहबुब अली र १०० मिटर दौडमा कांस्य पदक जितेका सामी उल्लाह डोपिङ परीक्षणमा असफल भएका हुन्। तीनै जनालाई २०२३ डिसेम्बर २ सम्मका लागि निलम्बन गरि पदक खोसिएको छ।
वर्ल्ड एन्टी डोपिङ एजेन्सीको नियमअनुसार सागमा सहभागी खेलाडीको ‘इन–कम्पिटिसन डोपिङ कन्ट्रोल टेष्ट’ गरिएको थियो। उक्त परीक्षणअन्तर्गत संकलन गरिएको युरिनको नमूना वर्ल्ड एन्टी डोपिङ एजेन्सी (वाडा)बाट मान्यताप्राप्त कतारको राजधानी दोहास्थित एन्टी डोपिङ ल्याबमा परीक्षण गरिएको थियो। ल्याब रिपोर्टअनुसार तीन खेलाडीको नतिजा पोजिटिभ आएको थियो।
नेपाल ओलम्पिक कमिटीले तीन खेलाडीलाई जानकारी गराई स्पष्टीकरणका लागि मौका दिएको थियो। त्यसअनुसार मोहम्मद र मेहबुबले ‘बी स्याम्पल टेष्ट’ गराएका थिए। दुई जनाको पुनः परीक्षणको नतिजा पनि पोजेटिभ आएको थियो। परीक्षण नगराएका सामी उल्लाहको स्वतः पोजिटिभ पुष्टि भएको एनओसीका महासचिव निलेन्द्रराज श्रेष्ठले बताए।
‘वर्ल्ड एन्टी डोपिङ कोड २०१५’ को धारा १०.८ र १०.२.१ तथा साउथ एशियन ओलम्पिक काउन्सिल एन्टी डोपिङ नियमको धारा ७.१.१ अनुसार तीन खेलाडीलाई २०१९ डिसेम्बर ३ देखि २०२३ डिसेम्बर २ सम्मका लागि निलम्बन गरि पदक खोसिएको एनओसीले जनाएको छ।
" /> काठमाडौं। नेपालमा गत मंसिरमा सम्पन्न तेह्रौं दक्षिण एशियाली खेलकुद (साग) मा स्वर्ण पदक विजेता पाकिस्तानी तीन खेलाडीको पदक खोसिएको छ। डोपिङ परीक्षणमा असफल भएपछि ती खेलाडीलाई चार वर्षको प्रतिबन्ध लगाइएको नेपाल ओलम्पिक कमिटीले जनाएको छ।पुरुष १०० मिटर हर्डल्स स्पर्धाका स्वर्ण पदक विजेता मुहम्मद नाइम, ४०० मिटर हर्डल्समा स्वर्ण पदक विजेता मेहबुब अली र १०० मिटर दौडमा कांस्य पदक जितेका सामी उल्लाह डोपिङ परीक्षणमा असफल भएका हुन्। तीनै जनालाई २०२३ डिसेम्बर २ सम्मका लागि निलम्बन गरि पदक खोसिएको छ।

">