काठमाडौं। फिफा विश्वकप २०२२ को एशियाली छनोट प्रतियोगिताको मिति पुनः सरेको छ। कोभिड–१९ महामारीका कारण एशियाली फुटलब महासंघले आज फिफा विश्वकप २०२२ र एएफसी एशियन कप २०२३ को छनोट प्रतियोगिताको मिति २०२१ सम्मका लागि सारिएको जनाएको छ। 

यसअघि एएफसीले जुन ५ मा एशियाली छनोट प्रतियोगिता २०२० को अक्टोबर र नोभेम्बरका लागि तय गरेको थियो। एएफसीले २०२१ मा हुने भनिए पनि खेल तालिका भने सार्वजनिक भएको छैन। फिफा विश्वकप कतार तथा एशियन कप चीनमा हुनेछ। एएफसीले प्रस्ताव गरेको नयाँ तालिकाअनुसार नेपालले अक्टोबर ८ मा चाइनिज ताइपेई र अक्टोबर १३ मा अस्ट्रेलियाविरुद्ध घरेलु मैदानमा प्रतिस्पर्धा गर्दैथियो। त्यस्तै नोभेम्बर १२ मा नेपालले जोर्डनविरुद्ध खेल्ने तालिका थियो। 

त्यसैले अखिल नेपाल फुटबल संघ (एन्फा)ले भदौ एक गतेबाट बन्द प्रशिक्षण गर्ने तयारी गरिरहेको थियो। एन्फाले सोमबार र मंगलबार खेलाडी, प्रशिक्षक तथा अन्य कर्मचारीको पीसीआर टेष्टका लागि स्वाब संकलन गरेको थियो। समूह ‘बी’ मा रहेको नेपाल तीन अंकका साथ चौंथो स्थानमा छ।

नेपालको समूहमा अस्ट्रेलिया १२ अंकका साथ शीर्ष स्थानमा छ। समान १० अंक जोडेको कुवेत र जोर्डन क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। कुनै अंक नजोडेको चाइनिज ताइपेई पाँचौं स्थानमा छ।

" /> काठमाडौं। फिफा विश्वकप २०२२ को एशियाली छनोट प्रतियोगिताको मिति पुनः सरेको छ। कोभिड–१९ महामारीका कारण एशियाली फुटलब महासंघले आज फिफा विश्वकप २०२२ र एएफसी एशियन कप २०२३ को छनोट प्रतियोगिताको मिति २०२१ सम्मका लागि सारिएको जनाएको छ। 

यसअघि एएफसीले जुन ५ मा एशियाली छनोट प्रतियोगिता २०२० को अक्टोबर र नोभेम्बरका लागि तय गरेको थियो। एएफसीले २०२१ मा हुने भनिए पनि खेल तालिका भने सार्वजनिक भएको छैन। फिफा विश्वकप कतार तथा एशियन कप चीनमा हुनेछ। एएफसीले प्रस्ताव गरेको नयाँ तालिकाअनुसार नेपालले अक्टोबर ८ मा चाइनिज ताइपेई र अक्टोबर १३ मा अस्ट्रेलियाविरुद्ध घरेलु मैदानमा प्रतिस्पर्धा गर्दैथियो। त्यस्तै नोभेम्बर १२ मा नेपालले जोर्डनविरुद्ध खेल्ने तालिका थियो। 

त्यसैले अखिल नेपाल फुटबल संघ (एन्फा)ले भदौ एक गतेबाट बन्द प्रशिक्षण गर्ने तयारी गरिरहेको थियो। एन्फाले सोमबार र मंगलबार खेलाडी, प्रशिक्षक तथा अन्य कर्मचारीको पीसीआर टेष्टका लागि स्वाब संकलन गरेको थियो। समूह ‘बी’ मा रहेको नेपाल तीन अंकका साथ चौंथो स्थानमा छ।

नेपालको समूहमा अस्ट्रेलिया १२ अंकका साथ शीर्ष स्थानमा छ। समान १० अंक जोडेको कुवेत र जोर्डन क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। कुनै अंक नजोडेको चाइनिज ताइपेई पाँचौं स्थानमा छ।

"> विश्वकपको एशियाली छनोट प्रतियोगिता फेरि स्थगित: Dekhapadhi
विश्वकपको एशियाली छनोट प्रतियोगिता फेरि स्थगित <p style="text-align: justify;">काठमाडौं। फिफा विश्वकप २०२२ को एशियाली छनोट प्रतियोगिताको मिति पुनः सरेको छ। कोभिड&ndash;१९ महामारीका कारण एशियाली फुटलब महासंघले आज फिफा विश्वकप २०२२ र एएफसी एशियन कप २०२३ को छनोट प्रतियोगिताको मिति २०२१ सम्मका लागि सारिएको जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">यसअघि एएफसीले जुन ५ मा एशियाली छनोट प्रतियोगिता २०२० को अक्टोबर र नोभेम्बरका लागि तय गरेको थियो। एएफसीले २०२१ मा हुने भनिए पनि खेल तालिका भने सार्वजनिक भएको छैन। फिफा विश्वकप कतार तथा एशियन कप चीनमा हुनेछ।&nbsp;एएफसीले प्रस्ताव गरेको नयाँ तालिकाअनुसार नेपालले अक्टोबर ८ मा चाइनिज ताइपेई र अक्टोबर १३ मा अस्ट्रेलियाविरुद्ध घरेलु मैदानमा प्रतिस्पर्धा गर्दैथियो। त्यस्तै नोभेम्बर १२ मा नेपालले जोर्डनविरुद्ध खेल्ने तालिका थियो।&nbsp;</p> <p style="text-align: justify;">त्यसैले अखिल नेपाल फुटबल संघ (एन्फा)ले भदौ एक गतेबाट बन्द प्रशिक्षण गर्ने तयारी गरिरहेको थियो। एन्फाले सोमबार र मंगलबार खेलाडी, प्रशिक्षक तथा अन्य कर्मचारीको पीसीआर टेष्टका लागि स्वाब संकलन गरेको थियो।&nbsp;समूह &lsquo;बी&rsquo; मा रहेको नेपाल तीन अंकका साथ चौंथो स्थानमा छ।</p> <p style="text-align: justify;">नेपालको समूहमा अस्ट्रेलिया १२ अंकका साथ शीर्ष स्थानमा छ। समान १० अंक जोडेको कुवेत र जोर्डन क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। कुनै अंक नजोडेको चाइनिज ताइपेई पाँचौं स्थानमा छ।</p>
प्रतिक्रिया दिनुहोस्