काठमाडौं। फ्रान्सका फरवार्ड केलियन एमबाप्पेले बैशाखीको साहारा लिन छाडेका छन्। तर, प्रशिक्षक थोमस टुचेललाई अझै पनि एमबाप्पेको फिटनेसको चिन्ताले छाडेको छैन। तथापि, एमबाप्पे प्रशिक्षणमा फर्किएपछि पेरिस सेन्ट जर्मेन (पीएसजी)का प्रशिक्षक टुचेल उत्साहित भने बनेको छन्। आजराति हुने च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा एटलान्टाविरुद्ध एमबाप्पे पर्ने सम्भावना बढेको छ।
“आज उनले राम्रोसँग प्रशिक्षण गरेर केही नराम्रो भएन भने बुधबार हुने खेलमा उनी टीममा पर्छन्,” बेनफिकाको रंगशालामा मंगलबार ट्रेनिङ गर्नुअघि टुचेलले भने, “उनी अभ्यासमा फर्किएका कारण हामी खुशी छाैँ। सम्भवत: एमबाप्पे र नेइमारसहितको टीमले खेलको अन्त्य गर्नेछौं।”
एमबाप्पे दुई साताअघि सम्पन्न फ्रेन्च कपको फाइनलमा घाइते भएका थिए। एमबाप्पेको कुर्कुच्चाको लिगामेन्टमा चोट लागेको थियो। तथापि, एमबाप्पेको चोट तीब्ररूपमा ठीक भएको हो। एमबाप्पेले जारी सिजन पीएसजीका लागि ३४ खेलमा ३० गोल गरिसकेका छन्। एमबाप्पे इटालियन सिरी ‘ए’ क्लब एटलान्टाविरुद्ध महत्वपूर्ण खेलाडी बन्न सक्छन्। एटलान्टाले पहिलो पटक च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा स्थान बनाएको हो।

“एटलान्टाले पछिल्लो समय युनिक शैलीमा खेलिरहेको छ,” पीएसजीका प्रशिक्षक टुचेलले भने, “उनीहरू मैदान प्राय वान भर्सेस वानको अवस्थामा हुन्छन्। उनीहरू विपक्षी पोष्टमा सात खेलाडीले आक्रमण गर्छन्। यो युनिक शैली हो। उनीहरू खेल्न कठिन हुन्छ। उनीहरुले पछिल्लो समय धेरै गोल गरेका छन्।”
टुचेलले अग्रपंक्तिमा माउरोे इकार्डी र इडिसन काभानीको जोडीलाई पनि मैदान उतार्न सक्छन्। सिजन समाप्तीसँगै काभानीको सम्झैता सकिनेछ। कोभिड–१९ का कारण काभानीको पीएसजी बसाई लम्बिएको छ। “एमबाप्पे घाइते भएको अवस्थामा इकार्डी महत्वपूर्ण खेलाडी हुन्। काभनीसँग उनको राम्रो तालमेल मिल्छ,” टुचेलले भने, “महत्वूर्ण खेलमा काभानी लडाकु हुन्। उनी कहिल्यै हरेस खादैनन्।”
पीएसजीले २५ वर्षयता च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान बनाउन सकेको छैन। २०११ मा कतारी लगानी भित्रिएपछि पीएसजी च्याम्पियन्स लिगाको उपाधिका जित्ने लक्ष्यमा छ।
" /> काठमाडौं। फ्रान्सका फरवार्ड केलियन एमबाप्पेले बैशाखीको साहारा लिन छाडेका छन्। तर, प्रशिक्षक थोमस टुचेललाई अझै पनि एमबाप्पेको फिटनेसको चिन्ताले छाडेको छैन। तथापि, एमबाप्पे प्रशिक्षणमा फर्किएपछि पेरिस सेन्ट जर्मेन (पीएसजी)का प्रशिक्षक टुचेल उत्साहित भने बनेको छन्। आजराति हुने च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा एटलान्टाविरुद्ध एमबाप्पे पर्ने सम्भावना बढेको छ।“आज उनले राम्रोसँग प्रशिक्षण गरेर केही नराम्रो भएन भने बुधबार हुने खेलमा उनी टीममा पर्छन्,” बेनफिकाको रंगशालामा मंगलबार ट्रेनिङ गर्नुअघि टुचेलले भने, “उनी अभ्यासमा फर्किएका कारण हामी खुशी छाैँ। सम्भवत: एमबाप्पे र नेइमारसहितको टीमले खेलको अन्त्य गर्नेछौं।”

">